14th June 2019

बि एम एच डी टेलिभिजन बाट दमन रुपाखेती निर्देशित टेलिचलचुत्र ठोक न मादल ठोक प्रशारण ।

जेठ,३१,२०७६ ।बि एम एच डी टेलिभिजनको प्रस्तुतीमा, हाष्य कलाकार दमन रुपाखेतीको निर्देशनमा निर्मित हाष्य टेली चलचित्र ठोक न मादल ठोक लाई बि एम एच डी टेलिभिजन बाट प्रशारण गरिएको छ ।समसामियिक बिषय बस्तु लाई हाष्य रस मार्फत प्रस्तुत गरिएको टेलीचलचित्र ठोक न मादल ठोक बि एम एच डी टेलिभिजन बाट प्रत्यक साताको शनिबार राती ७:३० बजे प्रशारण भै रहेको छ ।साथै उक्त टेली चलचित्र बुढा सुब्बाको यु ट्युब च्यानल बाट पनि छिट्टै नै हेर्न पाइने भएको छ ।टेलीचलचित्र ठोक न मादल ठोकमा दमन रुपाखेती,शिव हरी बैरागी नेपाल, पुरन थापा, निरज नेपाल, सर्मिला शर्मा, बिमला गिरि, दिलिप तामाङ, भिमसेन अधिकारि, सुबी शाही, होमनाथ तिमील्सिना, राजेन्द्र गिरी,श्याम लामा लगाएत कलाकार हरुको अभिनय हेर्न पाइने छ ।हाष्य प्रधान लाई महत्व दिइएको उक्त टेली चलचित्रमा कलाकार तथा निर्देशक दमन रुपाखेतीको कथा तथा निर्देशन,दिलिप तामाङ को लेखन,पेमा टी लामाको ग्राफिक्स,सरिता गौतमको सम्पादन,दिलिप बिष्टको छाँयाकन ,रत्न जोशीको गीत, राकेश सोनीको म्युजिक कम्पोज,जिवन पासाको मेक अप रहेको छ ।