11th June 2019

चलचित्र मारुनीको जाम न माया जाम सार्वजनिक ।

जेठ,२८,२०७६ ।निर्देशक नवल नेपालको निर्देशन र निर्मात्री पुनम गौतम क्षेत्रीको निर्माणमा निर्मित चलचित्र मारुनीको गीत सार्वजनिक । भएको छ ।भदौ १३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र मारुनीमा नेपाली चलचित्रको बजारमा चर्चामा रहेकी र पहिलो चलचित्र ड्रीम्स बाट नै नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै स्टार नायिकाको उपमा पाउन सफल नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र म्युजिक भिडियो हुँदै चलचित्र दर्पण छ्ँया २ बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक पुष्प खडकाको मुख्य भूमिका रहेको छ । निर्माण टिमले चलचित्रको प्रचार प्रसार गर्दै सार्वजनिक गरेको जाम न माया जाम बोल को गीत मा नायिका साम्राज्ञी र नायक पुष्प को नृत्य लाई समेटिएको छ ।गीतको भिडियो रिलिजको एक दिन अगाडी निर्माण टिमले गीतसँग सम्बन्धीत केही तस्बिरहरु सार्वजनिक गरेको उक्त गीत को भिडियो लाई  प्रविण सिंहले निर्देशन गरेका छन ।चलचित्रमा समाबेश ‘जाम्न माया जाम’ बोलको गीतमा ‘मनमगन’ गीत गायर चर्चामा आएका गायक दिपक बज्रचार्यको स्वर रहेको छ ।