10th June 2019

चलचित्र नाइ नभन्नु ल ५ यु ट्युब को ट्र्ण्डिङ १ मा ।

जेठ,२७,२०७६ ।गत बर्षको भाद्र ८ गते  प्रदशन मा आइ ,नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै नेपाली चलचित्रको घरेलु बजार मा सफल ब्यापार ब्यवसाय गरेको चलचित्र नाइ नभन्नु ल ५ यु ट्युब को ट्रेण्डिङ १ मा आउन सफल भएको छ ।निर्देशक बिकाश राज आचार्यको निर्माण र निर्देशनमा निर्मित उक्त चलचित्र लाई बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट सार्वजनिक गरेको छोटो समय मै यु ट्युब को ट्रेण्डिङ १ मा आउन सफल भएको हो ।युटुवमा सकारात्मक प्रतिक्रिया बटुली रहेको उक्त चलचित्र लाई । यो समाचार तयार पार्दा सम्म ३० लाख भन्दा बढि दर्शकले हेरिसकेका छन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत कलाकारको अभिनय रहेको छ । साथै यसै चलचित्र बाट नव नायक अभिषेक नेपाल र बाल कलाकार सेड्रिना शर्माले डेब्यु गरेका हुन् ।हरिबोल भण्डारी र गौरी राज जोशीको निर्माण,सामिप्य तिमिल्सिना र निर्देशक आर्चायको  कथा लेखन रहेको चलचित्र नाइ नभन्नु ल ५ मा पुरुषोत्तम प्रधानको छायांकन,अर्जुन जिसीको सम्पादन रहेको छ ।