09th June 2019

चलचित्र नाइ नभन्नु ल ५ अब यु ट्युब मा हेर्न पाइने ।

जेठ,२६,२०७६ ।निर्देशक बिकास राज आचार्य को निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ५ लाई यु ट्युब मा सार्वजनिक गरिएको छ ।गत बर्षको भाद्र ८ गते प्रदशनमा आएको उक्त चलचित्रले नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै नेपाली चलचित्रको घरेलु बजार मा सफल ब्यापार ब्यवसाय गर्न सफल भएको थियो ।निरुता सिंह, दिलिप रायमाझी,प्रियंका कार्की, केकी अधिकारि,स्वस्तिमा खड्का, नव नायक अभिषेक नेपाल्,बाल कलाकार अनुभव रेग्मी, नव बाल कलाकार सेड्रीना शर्मा लगाएत को अभिनयाँ रहेको उक्त चलचित्र लाई बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।चलचित्रमा पुरुषोतम प्रधान को छायाकन अर्जुन जि सि को सम्पादन्,कबिराज को नृत्य,सामिप्याराज तिमल्सिनार निर्देशक बिकाश राज आचार्यको लेखन रहेको छ ।