22nd November 2020

चलचित्र ‘डिसेम्बर फल्स’ को निर्माण घोषणा ।

मंसिर,०७,२०७७ । बिगत ९ महिना देखी कोरोना भाइरसको कारण पुर्णरुपमा थप्प बन्न पुगेको नेपाली चलचित्रको बजारमा गत शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘डिसेम्बर फल्स’को निर्माण घोषणा गरिएको छ । निर्माण घोषणाको साथमा आउदो २०७८ साल साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘डिसेम्बर फल्स’ मा नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल लाई प्रमुख पात्रको रुपमा देख्न पाइने छ । नायक आर्यन गत वर्ष प्रदर्शनमा आएको चलचित्र  ‘चच हुईं’ पछि लभस्टोरी थ्रिलर जनरामा निर्माण हुन लागेको नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ का लागि अनुबन्ध भएका हुन । प्रविण झाको निर्देशनमा बन्न लागेको उक्त चलचित्रका लागि नायिकाको टुंगो लागेपछि छायांकनमा जाने बताइएको छ। आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको जानकारी दिएका चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजालका अनुसार चलचित्रमा आर्यन को साथमा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ । राम प्रसाद रिजालको प्रस्तुती र निर्मातामा राज कुमार भट्टको निर्माण रहने चलचित्रमा केदार भुषालको पटकथा तथा संवाद,रवि नाइडुलेको छायाँकन रहने छ ।छायाँकार नाइडुले दक्षिण भारतीय फिल्म र हिन्दी फिल्मको छायांकन गरिसकेका छन् । यसै क्रममा चलचित्र ‘डिसेम्बर फल्स’ को औपचारिक निर्माण घोषणा कार्यक्रममा अभिनेता आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा दर्शकले आफूलाई भिन्न रुपमा देख्न पाउने बताएका छन । त्यसै चलचित्रका अर्का अभिनेता सलोन बस्नेतले पनि फेरि आर्यन सिग्देलसँग काम गर्ने अवसर जुटेकोमा खुसी व्यक्त गरेका छन ।