20th November 2020

नेपाली चलचित्रका महानायक राजेश हमाल चलचित्रमा जस्तै म्युजिक भिडियो हरुमा पनि छाउँदै।

मंसिर,०५,२०७७ ।गएको चैत महिना बाट कोरोनाका कारण नेपाली चलचित्र क्षेत्रपुर्ण रुपमा थप्प बन्न पुग्दा बिगत ९ महिना देखी नेपाली चलचित्रका चलचित्रकर्मी हरु घर भित्रै रहदै आएका छन ।कोरोनाको त्रास बढे सँगै देश लक डाउन भए पछी नेपाली चलचित्रका सम्पुर्ण गतिबिधी बन्द हुन पुग्दा दैनिक जसो चलचित्रको छायाँकन निर्माण र सम्पादनको साथ साथै अन्य चलचित्रका गतिबिधिमा ब्यस्त  हुँदै दर्शकहरुलाई मनोरञ्जन दिदै र लिदै आएका चलचित्रकर्मी हरु पछिल्लो समय काम बिहिन भएर घर भित्रै बस्न बाध्य भैरहेका छन ।

तर गएको भाद्र महिना बाट लक डाउन र निषेधाज्ञामा केहि खुकुलो पन आए सँगै र अन्य क्षेत्रमा लक डाउन पुर्णरुपमा खोलिए सँगै चलचित्रको काँचको पर्दामा रमाउदै आएका केहि हलचित्रकर्मी हरु भने म्युजिक भिदियोको छायाँकन मा रमाउदै र ब्यस्त हुँदै आएका छन । म्युजिक भिडियोमा रमाउने र ब्यस्त हुनेमा नेपाली चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका कलाकार हरुको जमात बाक्लै  रहेको छ । केहि अपबाद बाहेक प्रायः कलाकारहरु यती बेला म्यूजिक भिडियोहरुमा आकर्शित भैरहेको समयमा नेपाली चलचित्रका महानायक राजेश हमाल को पनि ब्यस्त दिन प्रतिदिन बढिरहेको पाइएको छ ।भने उनि अभिनित म्युजिक भिडियो हरु एक पछी अर्को गर्दै आर्वजनिक भैरहेका छन ।  

त्यसै गरी म्युजिक भिडियोमा अघिल्लो पुस्ताका राजेश हमाल,धिरेन शाक्य भुवन के सी दिलिप रायमाझी देखि लिएर नयाँ पुस्ताका पल शाह, आकाश श्रेष्ठ,विपिन कार्की , नाजिर हुसेन, दयाहाङ राइ सम्म र  नायिकाहरुमा करिश्मा मानन्धर देखी लिएर प्रियंका कर्की, केकी अधिकारी, बर्षा राउत, बर्षा शिवकोटी, स्वस्तिमा खडका, आचल शर्मा, नम्रता सापकोता लगाएतको माग बढिरहेको समयमा केहि दिन अघी मात्र नेपाली चलचित्रका महानायक राजेश हमाल र नेपाली चलचित्रकी सुन्दरी नायिका करिश्मा मानन्धर अभिनित ‘यादका लहरहरु’ गीतको भिडियो सार्वजनिक भएको थियो ।

एक समय नेपाली चलचित्रको बजारमा सर्वाधिक हिट र चर्चाको शिखरमा रहेका महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले नेपाली चलचित्रको बजारमा दर्जनौ सफल चलचित्रहरु दिन सफल भएका छन । त्यस्तै राजेश हमाल र नेपाली चलचित्रकी सुन्दरी नायिका करिश्मा मानन्धर अभिनित चलचित्रहरु अल्लारे,ढ्कढुकी,मिस्टर राम कृश्णे,परिभाषा,साथी,बसन्ती,भाउजु,यो मायाको सागर्,उपकार,एक नंबरको पाखे,चण्डाल लगाएतका चलचित्रहरु आज पनि नेपाली दर्शक हरु माझ ताजै रहेकोछ । यसै क्रममा लामो समय पछी एक साथ ‘यादका लहरहरु’मा देखिएका यि हिट जोडी अभिनित उक्त म्युजिक भिडियो हरुलाई पनि दर्शक निकै रुचाइरहेका छन ।

 ‘यादका लहरहरु’मा एक साथ देखिनु अगाडी हमाल र मानन्धर अभिनित ‘तिमी मेरो प्राण, उजाड मेरो, चट्ट बसम देउरालीमा’ गीतको  भिडियोमा एक साथ अभिनय गरिसकेका छन् ।यसै क्रममा महानायक राजेश हमाल अभिनित अर्को एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गायिका स्मीता दाहाल र संगीतकार राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा महानायक राजेश हमालको साथमा गायिका स्मीता दाहाल को अभिनयाँ रहेको छ । बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको उक्त भिडियोमा अभिनेता राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।