19th November 2020

अमेरिका पुगेकी नायिका बर्षा शिवाकोटी प्रेममा रमाउदै ।

मंसिर्,४,२०७७ ।पछिल्लो समय नेपाली चलचित्र क्षेत्र र सांगितिक क्षेत्रको म्युजिक भिडियो र चलचित्रमा ब्यस्त रहदै आएकी नायिका बर्षा शिवाकोटी केही वर्षयता प्रेम सम्बन्धका कारण चर्चामा छिन् । झण्डै एक दशक लामो फिल्मी करिअरमा विवादबाट टाढा रहदै आएकी नायिका वर्षा सिवाकोटी केही वर्षयता देखी अमेरिकामा बसोबास गर्ने सविनजंग थापासँगको प्रेममा रहेकी बताइएको छ । यद्यपि, यस बिषयमा नायिका वर्षाले भने केहि बताएकी  छैनन् । तर, नायिका बर्षाले बेला बखतमा सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरले उनी सविनको गहिरो प्रेममा रहेको प्रस्ट्याउँछ ।  
निर्देशक बिकासराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल २ मा अभिनय गरेर पहिलो चलचित्र बाट नै चर्चा र सफलता बटुल्न सफल भएकी नायिका बर्षा पछिल्लो समय चलचित्रको साथ साथै म्युजिक भिडियोहरुमा पनि उतिक्कै छाइरहेकी छिन ।चलचित्र नाइ नभन्नु ल २ को सफलता पछी चलचित्र पशुपती प्रसादमा देखिएकी नायिका बर्षाको उक्त चलचित्रले पनि दर्शक हरुको मन जित्दै ब्यवसायिका सफलता बटुल्न सफल भएको थियो ।लगातार दुइ चलचित्रको सफलता पछी थप चर्चामा आएकी नायिका बर्षाले अभिनय गरेको तेस्रो चलचित्र लप्पन छप्पन रहेको छ ।
त्यस पछी चलचित्र कारखाना, सुब्बा साब, बिर बिक्रम २, जय शम्भु, पुरानो बुलेट, भैरे, लक्का जवान, लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी नायिका बर्षा कोरोना भाइरसका कारण आठ महिना घरभित्रै सीमित भइन् । निषेधाज्ञा खुकुलो भएपछि केही म्यूजिक भिडियोमा काम गरेकी उनी  दशैंको टीका थापेर पारिवारिक भेटघाटका लागि भन्दै अमेरिका उडेकी थिइन । भने यस बर्षको तिहार पनि त्यतै मनाइन् । 
यसै क्रममा अमेरिका पुगेपछि सविनसँगका भेटघाटका तस्विरहरु लाई नायिका बर्षाले इन्स्टाग्राममा पोस्ट्याइरहेकी छन् । त्यस्तै गत बुधवार उनले इन्स्टा स्टोरीमा एक तस्विर राखेकी छन्, जुन तस्बिरमा एक प्रेम जोडी अस्ताउँदै गरेको सूर्यतर्फ हेरिरहेका छन् । पछाडिको भागबाट खिचिएका कारण तस्विरमा दुवैको अनुहार देखाएको छैन । तर, तस्विरमा देखिएको जोडी वर्षा र सविन हुन् भन्नेमा शंका छैन ।
नायिका वर्षा अमेरिकाबाट फर्किएपछि र स्थिति सामान्य भएपछि आफु अनुबन्धित भएका चलचित्रको छायाकन मा ब्यस्त हुने छिन ।उनको पाइपलाइनमा रहेका चलचित्रहरुमा ‘परदेशी २’, ‘सुदूर’ र ‘गोर्खा वारियर’ रहेका छन ।