18th November 2020

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई २५ औ बसन्तको शुभकामना।

मंसिर,०३,२०७७ । पछिल्लो समय नेपाली चलचित्रको बजारमा चर्चाको शिखरमा रहेकी नायिका हुन, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह । नेपाली रजतपटमा कलाकार निर्माता तथा निर्देशक नेपाली चलचित्रका सदाबहार अभिनेता भुवन के,सीको चलचित्र ड्रीम्स बाट अभिनय यात्रा शुरु गर्दै नायिकाको रुपमा डेब्यु गरेकी नायिका सम्राज्ञीले पहिलो चलचित्र बाट नै सफलताको सिंडी चड्न सफल भएकी थिइन ।
नेपाली चलचित्रको क्षेत्रमा डेब्यु चलचित्र बाट नै स्टार नायिकाको उपमा पाउन सफल भएकी नायिका हुन नायिका साम्राज्ञीले पहिलो चलचित्रमा नै नेपाली चलचित्रका स्टार नायक अनमोल के,सीको साथमा स्क्रीन सेयर गरेकी थिइन ।चलचित्र ड्रीम्स बाट राता रात चर्चाको शिखरमा पुगेकी नायिका साम्राज्ञीले त्यस पछी चलचित्र ए मेरो हजुर २, इण्टु मिण्टु लण्डनमा, कायरा, मंगलम, रातो टिका निधारमा, तिमी सँग, मारुनी जस्त सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।

एक पछी अर्को गर्दै लगातार ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा सकारात्मक टिपणी पाउन सफल भएकी नायिका साम्राज्ञी अभिनित पछिल्लो प्रदशनमा आएको चलचित्र मारुनी रहेको छ ।यसै क्रममा लक डाउनको समयमा तीन चलचित्र हरुमा अनुबन्ध भएकी उनै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले गत मंगलबार आफ्नो जन्मदिन मनाएकी छिम । चलचित्र प्रेम गीत ३ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गर्दै गरेका नायक मनिष राउत र चलचित्र जेरिकी नायिका आना शर्माको पनि मुख्य एक चलचित्रको साथमा निर्देशक मिलन चाम्स र निर्माता  रमेश एम,के पौडेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रेड वाइन’मा पनि अनुबन्ध भै सकेकी नयिका साम्राज्ञी २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी थिइन ।उनले गत मंगलबार आफ्नो २५ औं जन्मदिन मनाएकी हुन ।