13th November 2020

बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ६३औं जन्मदिन मनाएका ।

कार्तिक,२८,२०७७ ।नेपाली मनोरञ्जन क्षेत्रमा गायक,लेखक्,कलाकार निर्माता तथा निर्देशकको फराकिलो परिचय बनाएका नेपाली कला क्षेत्रका बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले गत बिहीवार आफ्नो ६३औं जन्मदिन मनाएका छन ।चलचित्र ‘लोभीपापी, तँ त साह्रै बिग्रिस नी बद्री, राजमती, जे भो राम्रै भो,हासी देउन एक फेर, बासुदेव, शत्रु गते, दाल भात तरकारी’ जस्ता  सफल चलचित्रहरु र ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ लक्स्मी,जस्ता सम्झनलायक हाँस्य शृंखलामा हरुमा जिवन्त अभिनय गरेका कलाकार आचार्यले चलचित्र ‘बलिदान’ मा गरेको जीवन्त अभिनयको आज पनि चर्चा हुने गरेको छ । पछिल्लो प्रदशनमा आएको मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ मा देखिएका कलाकार आचार्यले स्वर भरेका  ‘सारङ्गी रेटौला, हाम्री आमा, चन्चले चन्चले, साझा बसमा’ लगायतका गीतहरु पनि चर्चामा रहेका छन ।त्यस्तै उनले लेखेका पुस्तक ‘चिना हराएको मान्छे र हरिबहादुर पनि  दर्शकमाझ लोकप्रिय रहेका छन् । वि ।सं । २०१४ कार्तिक २७ गते काठमाडौं गैरीधारामा पिता होमञ्जय आचार्य र माता गणेशकुमारी आचार्यको कोखबाट जन्मिएका कलाकार आचार्य लाई जन्मदिनको लाखौ लाख शुभकामना ।