12th November 2020

धिरेनकी छोरी जस्मिनमा नायिका बन्ने चाहना, बाबु बाट छैन कुनै अवरोध ।

कार्तिक,२७,२०७७ । नेपाली कथानक चलचित्र कर्जा,प्रतिज्ञा,सिमाना,जन्मजन्म भिष्मप्रतिज्ञा,जुन तारा,बिषालु, छहारी,जमिन, राज कुमार,  देउराली,भगवान लगाएतका दर्जनौ चलचित्रहरुमा अभिनय गरी नेपाली चलचित्रको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका अभिनेता हुन अभिनेता धिरेन शाक्य । आफ्नो समयम नेपाली चलचित्रको बजारमा चर्चा र सफलताको शिखरमा रहेका अभिनेता धिरेन लाई नेपाली दर्शक हरुको हेण्डसम अभिनेताको रुपमा पनि चिन्ने गरेका छन ।

एक समय नेपाली चलचित्रका महानायक राजेश हमालका प्रतिष्प्रधीका रुपमा लिइने गरिएका उनै अभिनेता धिरेन पछिल्लो समय चलचित्रको काँचको पर्दा बाट टाढा रहदै आएका छन । अभिनेता धिरेन चलचित्रको काँचको पर्दा बाट टाढा रहदै आए पनि उनि नेपाली चलचित्र क्षेत्र मै सकृय रहदै आएका छन ।पछिल्लो समय अभिनेता धिरेनले छोरीको नाम मा खोलेका कम्पनी जस्मिन फिल्म्स बाट  चलचित्रको छायाँकनको लागि चाहिने उपकरण हरु भाडामा दिने काम गर्दै आएका छन ।त्यसै गरी उनि बेला बखत बिभिन्न म्युजिक भिडियो हरुमा पनि देखिदै आएका छन ।
छोरी जस्मिनको नामवाट आफ्नो घर, कम्पनी अभिनेता धिरेन शाक्यका दुई छोरी रहेका छन ।यसै क्रममा पहिलो पटक पिता धिरेनको साथमा मिडियामा आएकी जेठी छोरी जम्मिन शाक्यए आफु लाई पनि चलचित्रमा आउने रहर विस्तारै जागेको बताएकी छन् । अभिनेता भुवन के सी का छोरा अनमोल के सी,नायिका झरना थापाअकी छोरी सुहाना थापाअ, निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत लगाएतले नेपाली चलचित्रको बजारमा डेब्यु गर्दै आ आफ्नो पहिचान बनाउन सफल भैसकेको अवस्थामा अभिनेता धिरेन की छोरी जस्मिनले पनि नेपाली चलचित्रमा आउने रहर ब्यक्त गरेकी हुन ।त्यसै गरी अभिनेता धिरेन लाई पनि चलचित्रमा छोरीको रुची भए आफ्नो तर्फ बाट कुनै अवरोध नभएको पनि बताएका छन् ।