07th June 2019

गायक भेग पहरीको लोक आधुनिक गीत लभको चक्कर सार्वजनिक ।

जेठ,२४,२०७६ ।उदयपुर जिल्लाको ताप्ली गाँउपालिका रुपायरटार ५ का स्थानिय मोडल तथा गायक भेग पहरीको लोक आधुनिक गीत लभको चक्कर सार्वजनिक भएको छ ।बिगत १ दशक देखी नेपाली गीत संगीतमा लागी परिरहनु भएका गायक भेगको सार्वजनिक भएको गीत लभको चक्करमा हिमाल राज पहरीको शब्द गायक तथा संगीतकार नरहरि प्रेमीको संगीत रहेको छ ।यस अघी सिमसिम पानी गीत सार्वजनिक गरी सकेका गायक भेगको यो दोस्रो साङीतिक प्रस्तुती हो ।काभ्रे पलाञ्चोक जिल्लाको बतासे डांडामा छाँयाकन गरिएको गीतको म्युजिक भिडियोमा बिक्रम क्षेत्री,गायक बेग पहरी,सजना कुंवर्,अनुजा मल्लको अभिनय रहेको छ ।केशव अधिकारीको छाँयाकन रहेको उक्त गीतको भिडियोमा सुनिल मोक्तानको नृत्य र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।