11th November 2020

निर्मात्री बन्ने तयारीमा नायिका आँचल शर्मा ।

कार्तिक,२६,२०७७ ।नेपाली रजतपटमा निर्देशक बिकाशराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नायिकाको रुपमा देब्यु गर्दै चलचित्र अभिनय यात्रा शुरु गरेकी नायिका हुन आँचल शर्मा । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रबेश गरेकी यि नायिकाले पहिलो चलचित्र बाट नै दर्शक हरुको माया पाउन सफल भएकी थिइन । नायिका आँचलले चलचित्र नाइ नभन्नु ल ४ पछी चलचित्र जोनी जेण्टलमेन र शत्रु गते, ब्ल्याक, झिंगे दाउ लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । त्यस्तै  म्युजिक भिडियो चलचित्रको बजारमा निकै रुचाइदै आएकी उनै नायिका नायिका आचलले गतबर्षको फागुण महिनामा प्रेमी उदिप श्रेष्ठ सँग बैवाहिक जिवनमा बाधिएकी थिइन । यसै क्रममा पछिल्लो समय लक डाउनका कारण चलचित्रका सम्पुर्ण काम हरु बन्द हुन पुग्दा म्यूजिक भिडियोमा ब्यस्त बन्दै आएकी उनै नायिका आचल शर्मा पनि अब चलचित्र निर्माणको तयारीमा जुटेकी बताइएको छ ।पछिल्लो समय कलाकारहरुको चलचित्र निर्माणमा आकर्षण बढ्दै गइरहेको समयमा र  । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले चलचित्र निर्माण नै गरिसकेको अवस्थामा नायिका आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि चलचित्र निर्माण गर्ने तयारीमा जुटेकी बताइएको हो । नायिका आचलले निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशनको लागि नायिका आचलले निर्देशक मिलन चाम्स लाई प्रस्ताव गरेकी पनि बताइएको छ ।
यसै क्रममा नायिका आँचलले निर्माण गर्न लागेको चलचित्र बाट निर्देशनको लागि आफु लाई प्रस्ताव आएको कुरा स्विकार गरेका निर्देहक  मिलन चाम्सले आफ्नो र नायिका ‘आँचलसँग भेट हुँँदा चलचित्र कै विषयमा कुरा हुने गरेको र । आँचल ढिलो-चाँडो चलचित्र निर्माण गर्ने तयारीमा रहेकी बताएका छन ।साथै आफु सँग नायिका आचल को सँग एक चरण चलचित्रका लागि कुराकानी भएको तर म आफै लगातार ३ वटा चलचित्र निर्देशन गर्दैछु । यसैले, यी तिन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न मलाई गाह्रो पर्ने पनि बताएका छन । निर्देशक मिलन का अनुसार आँचल र उदिप पनि चलचित्रलाई विशेष बनाउने तयारीमा रहेको बताएका छन् ।