10th November 2020

नायिका ऋचा शर्माले साटिन आफ्नो कोरोना अनुभव ।

कार्तिक २५,२०७७ ।  नेपाली चलचित्रको बजारमा एक कुशल अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन सफल नायिका ऋचा शर्मा सन् २००७ देखि नेपाली चलचित्रको रंगीन संसारमा सकृय रहदै आएकी छिन । चलचित्र  ‘फस्ट लभ’ बाट अभिनय यात्रा शुरु गर्दै चलचित्र ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी नायिका ऋचा लाई नेपाली चलचित्रको बजारमा  भर्सटायल अभिनेत्रीको रुपमा लिने गरिन्छ । 


कलाकारिताको साथ साथै निर्भिकता र स्पष्ट वक्ताको रुपमा समेत आफु लाई परिचित गराउन सफल नायिका ऋचा शर्माले चलचित्र‘को आफ्नो’ मा निर्वाह गरेको ग्रामीण भेगको दुःखी महिलाको भूमिका होस या चलचित्र‘टलकजंग भर्सेस टुल्के’ मा निभाएको फुलीको भूमिका होस आज पनी दर्शक हरुको मानसपटलमा ताजै रहेको छ ।
यसै क्रममा विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ की पढेर जानिन्छ की परेर। यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगे। पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको जानकारी गराएकी उनै नायिका ऋचा शर्माले दर्शक सामु आफ्नो कोरोना अनुभव साटेकी छन् ।  


नायिका ऋचाले दर्शक सामु आफ्नो कोरोना अनुभव साटने क्रममा भनेकी छिन । ‘लकडाउन भएदेखि काम विशेषले घरबाहिर जाँदा सधैं मास्क प्रयोग गरेको थिएँ । सधैं सेलिटाइनर लगाउथेँ । हात पनि पटक पटक धोइरहेको हुन्थेँ । यति सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना लाग्यो । मलाई कसरी कोरोना लाग्यो भनेर मैले सोच्न पनि सकेको छैन । मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ । साथै उनले आफुमा कोरोना संक्रमण पुष्टि भएपछि केहि मानसिक रुपमा तनाब भएको पनि बताएकी छिन । नायिका ऋछले कोरोनाको औषधी नबनेकाले पनि आफु कसरी यो संक्रमणबाट मुक्त हुने भन्ने चिन्ताले पनि केहि चिन्तित भएको र कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी रहेको बताएकी छिन ।

यस्को साथै अगाडी उनले भनेकी छिन ।कोरोना सक्रमित भए पछी हरेक दिन दुईपटक बाफ लिने गरेको, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्नुका साथै  चिकित्सकको सल्लाह अनुसार आफूले कोडोपार र जिंक औषधी सेवन गरेको पनि बताएकी छिन । आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउन नहुने र उच्च आत्मबलले कोरोना जितिने उनले आफ्नो अनुहव साट्ने क्रममा भनेकी छिन ।