09th November 2020

बलिवूडको म्युजिक भिडियोमा नायिका अदिती बुढाथोकी ।

कार्तिक,२४,२०७७ । भारतीय फिल्मी नगरी मुम्बईमा बसेर बलिवूड प्रबेशको लागि लामो समय देखी सघर्ष गर्दै आएकी नेपाली चलचित्रकी नायिका अदिती बुढाथोकीले  केही भारतीय म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन । केहि समय अघी एक पञ्जाबी गीतको भिडियोमा देखिएकी उनै, नायिका अदिती बुढाथोकी लाई पुन एक चर्चित भारतीय गायक तथा संगीतकार अमाल मलिकको एक गीतको भिडियोमा देखिएकी छिन । गायक तथा संगीतकार अमाल मलिक को पनि अभिनय हेर्न पाइने ‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोमा अदीतिलाई लभर गर्लको रुपमा देख्न सकिन्छ ।  सार्वजनिक लाई दर्शकहरुले अत्याधिक मन पराएका छन् भने अदितीको सुन्दरताको प्रशंसा भएको छ । यो गीतले उनलाई बलिउड प्रवेशका लागि बाटो खोल्ने धेरैले विश्वास गरेका छन् । यस अघी भिडियोको टिजर सार्वजनिक भए पछि उक्त गीतको भिदियोको छायांकन गर्ने क्रममा निकै नै रमाइलो भएको नायिका अदितीले बताएकी थिइन । साथै उनले, उत्कृष्ट गीतको भिडियोमा सहकार्य गर्ने अवसर दिएकोमा गायक तथा संगीतकार अमाललाई धन्यवाद पनि दिएकी थिइन । अभिनेता अनमोल केसी अभिनीत चलचित्र‘कृ’ बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकी अभिनित् यस अघी ‘रुसिया लग्दानी’ बोलको पञ्जाबी गीत सार्वजनिक भएको थियो ।उक्त गीतको भिडियोमा नायिका अदितीले गायक राहुलसँग रोमान्स गरेकी थिइन । त्यस्तै नायिका अदिती सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको एक नयाँ नेपाली चलचित्रमा पनि काम गर्दैछिन् ।