08th November 2020

यु ट्युबमा नयाँ नयाँ रेकर्ड राख्दै चलचित्र ए मेरो हजुर ३ ।

कार्तिक,२३,२०७७ । निर्देशक दयाराम दाहालको निर्देशनमा निर्मित चलचित्र दाइजो बाट अभिनय यात्रा शुरु गरी छोटो समय मै नेपाली रजतपटमा चर्चा र सफलता बटुल्न सफल भएकी नायिका हुन नायिका झरना थापा ।नेपाली चलचित्रका सदाबहार नायक भुवन के,सी अभिनित चलचित्र दाइजोमा अभिनय गर्दै नेपाली चलचित्रको रंगीन संसारमा प्रबेश गरेकी नायिका झरना लाई सफल नायिकाको रुपमा लिइने गरिन्छ ।

चलचित्र धर्म शंकट, ए मेरो हजुर, सुख दुख ,हामी तीन भाइ  तकदीर, पाहुना, मुग्लान, कहाँ छौ कहाँ,गोर्खाली, खलनायक लगाएतका दर्जनौ सफल चलचित्रहरुमा अभिनय गरि लाखौ नेपाली चलचित्रका दर्शकहरुको मन जित्न सफल भएकी नायिका झरनाका चलचित्रहरु ए मेरो हजुर, सुख दुख , मुग्लान,हामी तीन भाइ लगाएतका चलचित्रहरुले उनलाई नेपाली चलचित्रको बजारमा एउटा छुट्तै पहिचान दिलाउन सफल भएको थियो । आफ्नो समयमा नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहि दुइ दशक लामो कला यात्रामा आफ्नो सुन्दर अभिनय कला र नृत्य कलाको साथमा आफ्नो सुन्दरताले लाखौ दर्शक हरुको मनमा बस्न सफल भएकी उनै नायिका झरना थापाले  चलचित्र ए मेरो हजुर २ बाट नायिका बाट निर्देशन को यात्रामा हात बढाएकी थिइन ।

निर्देशक शिव रेग्मीको निर्देशनमा निर्मित र नायिका झरना थापा र नायक श्री कृष्ण श्रेष्ठ अभिनित चलचित्र ए मेरो हजुर को नाम राखेर निर्देशन यात्रा शुरु गरेकी नायिका झरना लाई उक्त चलचित्रले  एक सफल नायिका बाट एक सफल निर्देशकको परिचय दिलाउन पनि सफल भएको थियो ।जुन चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिन मान बनिया,सलोन बस्नेत लगाएत कलाकार हरुको मुख्य अभिनय रहेको थियो । साथै यसै चलचित्र बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गरेका सलिन मान बनिया लाई पनि चलचित्र  ए मेरो हजुर २ ले नेपाली चलचित्र क्षेत्रमा स्थापित गराउन सफल भएको थियो ।

 त्यस्तै चलचित्र ए मेरो हजुर २ को ब्यवसायिक सफलता पछी नायिका तथा निर्देशक झरना थापाले सोही चलचित्रको तेस्रो सिरिज चलचित्र ए मेरो हजुर ३ को निर्देशन गरिन । जुन चलचित्रमा नेपाली चलचित्रका स्टार नायक अनमोल के,सी र नायिका तथा निर्देशक झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहेको थियो । त्यसै गरी उक्त चलचित्रले पनि ए मेरो हजुर २ ले झै चर्चा र सफलता बटुल्न सफल भएको थियो भने नायिका सुहानाको डेब्यु पनि सुखद बन्न पुगेको थियो । 

यसै क्रममा एक पछी अर्को गर्दै चलचित्र ए मेरो हजुर २ र ३ को सफलता बाट हौसिएकी नायिका तथा निर्देशक झरना थापा यतिबेला चलचित्र ए मेरो हजुर ४ को निर्देशनमा ब्यस्त छिन ।जुन चलचित्रमा पनि ए मेरो हजुर ३ कै जोडी नायक अनमोल के,सी र नायिका सुहाना थापा कै मुख्य भूमिका रहने छ । निर्माण कार्य देखी नै नेपाली दर्शकहरु माझ चर्चा र प्रतिक्षामा रहेको चलचित्र ए मेरो हजुर ४ को निर्माण कोरोना भाइरसका कारण केहि समय स्थगित भए पनि यती बेला चलचित्रको निर्माण टिमले चलचित्रको निर्माण लाई पुन अगाडी बढाइसकेका छन ।

यसै क्रममा चलचित्र ए मेरो हजुर ४ को छायाँकन अन्तिम चरणमा पुगेको अवस्थामा र निर्माण टिमले चलचित्र को फस्टलुक पोस्टर पनि सार्वजनिक गरिसकेको अवस्थामा गत बिहिबार चलचित्र ए मेरो हजुर ३ लाई यु ट्युब बाट रिलिज गरिएको थियो । जुन चलचित्रले प्रदशन ताका नेपाली दर्शकहरुको मन जित्दै नयाँ नयाँ रेकर्ड राख्दै ब्यवसायिक सफलता बटुल्न सफल भए झै यु ट्युबको बजारमा पनि नयाँ नयाँ रेखार्ड राख्न सफल भैरहेको छ । यु ट्युब मा बहुप्रतिक्षित बन्न सफल भैरहेको चलचित्र ए मेरो हजुर ३ ले यु ट्युबमा रिलिज भएको छोटो समय मै यु ट्युबको ट्रेण्डिङमा आउन सफल हुनुका साथै छोटो समय मै  धेरै पटक हेरिने चलचित्रको रेकर्ड राख्न पनि सफल भईरहेको छ । गत बिहिबार बुढा सुब्बा डिजिटलको यु ट्युब च्यान्ल बाट रिलिज गरिएको यस चलचित्र लाई यो समाचार तयार पार्दा सम्म ४० लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।