06th November 2020

यु ट्युबमा रिलिज भएको २४ घण्टा मै धेरै पटक हेरिने चलचित्र बन्यो ए मेरो हजुर ३, यु ट्युबको ट्रेण्डिङ १ मा ।

कार्तिक,२१,२०७७ । नायक अनमोल के,सीले आफु नेपाली चलचित्रको बजारको मेघा स्टार भएको कुरालाई पुन साबित गरिदिएका छन । नायक अनमोल के,सी र नायिका सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ लाई यु ट्युब बाट रिलिज गरिएको केहि समय मै नेपाली बजारको यु ट्युब मा पहिलो स्थान मा आउन सफल हुनुका साथै यस चलचित्रलाई सतप्रतिशत सकारात्मक प्रतिकृयाको साथमा यु ट्युब मा रिलिज गरिएको २४ घण्टा मै १७ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । नेपाली दर्शकहरु माझ बहुप्रतिक्षित रहेको चलचित्र ए मेरो हजुर ३ लाई यु ट्युबमा गत बिहिबार रिलिज गरिएको थियो । 
एक समय नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहेकी नायिका झरना थापाको निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर ३ मा अनमोल र सुहानाको साथमा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । दुइ दशक लामो कलायात्रा लाई सदुपयोग गर्दै नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेको उक्त चलचित्रले प्रदशक ताका पनि सिनेमा हलमा दर्शकहरुको मन जित्दै ब्यवसायिक सफलता बटुल्न स्फल भएको थियो । जुन चलचित्र लाई दर्शकहरुले यु ट्युब ब्यग्र प्रतिक्षा गरिरहेका थिए । चलचित्र ए मेरो हजुर २ र ३ को सफलता पछी  चलचित्र ए मेरो हजुर ४ को निर्देशन मा ब्यस्त रहेकी नायिका थापाको यस  चलचित्र लाई बुढा सुब्बा डिजिटलको यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।