05th November 2020

चलचित्र ए मेरो हजुर ३ यु ट्युब मा रिलिज ।

कार्तिक,२०,२०७७ । नेपाली चलचित्र मेघा स्टार नायक अनमोल के सी र नायिका सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ लाई यु ट्युब बाट रिलिज गरिएको छ । नेपाली दर्शकहरु माझ बहुप्रतिक्षित रहेको चलचित्र लाई यु ट्युबमा रिलिज गरिए सँगै नेपाली चलचित्रका दर्शकहरुको चलचित्र ए मेरो हजुर ३ लाई  यु ट्युब मा हेर्ने प्रतिक्षाको घडी पनि सकिएको छ । 

एक समय नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहेकी नायिका झरना थापाको निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर ३ मा अनमोल र सुहानाको साथमा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । दुइ दशक लामो कला यात्रा लाई सदुपयोग गर्दै नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेको उक्त चलचित्रले प्रदशक ताका सिनेमा हलमा दर्शकहरुको मन जित्दै ब्यवसायिक सफलता बटुल्न स्फल भएको थियो । जुन चलचित्र लाई दर्शकहरुले यु ट्युब ब्यग्र प्रतिक्षा गरिरहेका थिए । चलचित्र ए मेरो हजुर २ र ३ को सफलता पछी  चलचित्र ए मेरो हजुर ४ को निर्देशन मा ब्यस्त रहेकी नायिका थापाको यस  चलचित्र लाई बुढा सुब्बा डिजिटलको यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।