04th November 2020

कृष्ण लीलामा दिपिकाको स्थानमा श्रद्धा क्षेत्रीको प्रबेश ।

कार्तिक,१९,२०७७ । अभिनेता रमेश उप्रेतीले अमेरिकाको लामो बसाइ लाई पुर्णबिराम लगाउदै नेपाली चलचित्रमा कम ब्याक गरी निर्माण गरेको चलचित्र हो चलचित्र ऐश्वर्य । हुन त अभिनेता रमेश उप्रेतीले अमेरिका बाट फर्किए पछी यस भन्दा अगाडी चलचित्र ब्रासलेटमा अभिनय गरेका थिए तर उक्त चलचित्रले ब्यवसायिक सफलता भने बटुल्न असफल भएको थियो । चलचित्र ब्रासलेटको असफलता पछी अभिनेता रमेश उप्रेतीले आफै निर्माता बनेर निर्माण गरेको चलचित्र ऐश्वर्यले भने नेपाली दर्शक हरुको मन जित्दै ब्यवसायी सफलता बटुल्न सफल भएको थियो ।

निर्देशक दिवाकर भट्टराइ निर्देशित यसै चलचित्र बाट नायिकाको रुपमा दीपिका प्रसाइले नेपाली रजतपटमा डेब्यु गरेकी थिइन । त्यस समय चलचित्रको साथ साथै चलचित्रमा समाबेश गीत संगीतले पनि चर्चा बटुल्न सफल भएको थियो । यसै क्रममा चलचित्र ऐश्वर्यको प्रदशन पश्चात चर्चामा रहेकी नायिका दिपिकाले त्यस पछी चलचित्र ‘छक्का पन्जा ३’ मा पनि अभिनय गरिसकेकी छिन ।एक पछी अर्को गर्दै सफल चलचित्रहरु दर्शक हरु लाई दिदै आएकी उनै नायिका दिपिका अब चलचित्र कृष्ण लीलाको लागी तयारी गर्दैछिन ।

निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण हुन लागेको चलचित्र‘हेल्लो जिन्दगी’मा अनुबन्ध भै चलचित्रको छायाँकनको पर्खाईमा रहेकी नायिका दिपिका पति निर्देशक दिवाकर भट्टराईले बनाउन लागेको एक लभस्टोरी चलचित्रमा अभिनेता आर्यनका साथ देखिने चर्चा चलिरहदा निर्देशक दीपक ओलीको निर्देशनमा कमेडी विषयवस्तुमा निर्माण हुन लागेको चलचित्र कृष्ण लीलामा उनि अनुबन्ध भएकी थिइन । जुन चलचित्रको छायाँकनका लागि उनि तयारी पनि गर्दै थिइन ।

तर अन्तिम समय आएर स्वास्थ्यमा समस्या आएको भन्दै नायिका दिपिकाले उक्त चलचित्र बाट हात झिकेकी बताइएको छ । स्रोत लाई चलचित्रका निर्माता  रत्न श्रेष्ठले जानकारी दिए अनुसार । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र चलचित्र कृष्ण लीलामा अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टराईले जानकारी दिएको कारण चलचित्रमा दिपिकाको ठाउमा श्रद्धा क्षेत्री लाई भित्र्याएको बताएका छन ।


सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको र कार्तिक बाट छायाँकनमा जाने तयारी भइरहेको चलचित्रमा नायक पुष्प खड्का,बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकार हरुको पनि अभिनय रहनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्मातामा रत्न श्रेष्ठ रहेका छन भने चलचित्रमा शिव ढकालको छायाँकन र संगीतकार अर्जुन पोखरेलको संगीत रहने छ । नायिका दिपिकले उक्त चलचित्र बाट हात झिके सँगै अब चलचित्र कृष्ण लीलामा मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धा र अभिनेता पुष्प खड्काको जोडी लाई देख्न पाइने छ ।