03rd November 2020

नायिका पुजा शर्मा अभिनित प्रदशनमा आउने तयारीमा रहेका चलचित्रहरु ।

कार्तिक,१८,२०७७ । पछिल्लो समय नेपाली चलचित्रको बजारमा चर्चा रहेकी नायिका हुन नायिका पुजा शर्मा । निर्देशक सुदर्शन थापा निर्देशित र निर्माता सन्तोषको निर्माण र निर्मित उक्त चलचित्रमा अभिनय गरे पछी नेपाली दर्शक हरुको नजरमा पर्दै सर्वाधिक चर्चामा रहन सफल भैरहेकी नायिका पुजाले चलचित्र प्रेम गीतका अलवा चलचित्र म यस्तो गीत गाउँछु, राम कहानी,पोइ पर्यो काले,सम्झना बिर्सना, मन परेसी, सम्हालिन्छ कहिले मन्, म यस्तो गीत गाउँछु २ लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । पछिल्लो समय नेपाली दर्शक हरुको पहिलो रोजाईमा पर्न सफल भैरहेकी नायिका पुजा शर्मा अभिनित यि चलचित्र मध्य चलचित्र सम्झना बिर्सना, सम्हालिन्छ कहिले मन र म यस्तो गीत गाउँछु २ निर्माण सम्पन्न भैप्रदशन को तयारीमा रहेको छ भने चलचित्र मन परेसी निर्माणको क्रममा रहेको छ । जुन चलचित्रहरुको निर्माण र प्रदशन हाल कोरोना भाइरसको त्रासको कारण अगाडी बढ्न सकेको छैन ।  
चलचित्र प्रेम गीतमा अभिनय गर्नु अगावै चलचित्र मधुमास,चंखे,शंखे,पंखे,अझ्झै पनि जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी नायिका पुजा शर्मा पछिल्लो समय निर्देशक सुदर्शन थापा सँगको सहकार्यमा चलचित्र निर्माण पनि गर्दै आएकी छिन ।नायिका पुजाले निर्देशक सुदर्शन थापा सँग सहकार्य गरेर निर्माण  गरेको चलचित्रहरुमा म यस्तो गीत गाउँछु, राम कहानी र म यस्तो गीत गाउँछु २ रहेका छन । त्यस्तै उनि नयाँ चलचित्रको निर्माणको तयारीमा रहेकी पनि बताइएको छ । त्यस्तै चलचित्र प्रेम गीत पछी लगातार सफल चलचित्रहरु नेपाली दर्शक हरु माझ दिदै आएकी उनै नायिका पुजा अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ यतिबेला नेपाली दर्शक हरु माझ बहुप्रतिक्षित चलचित्र बन्न सफल भैरहेको छ । जुन चलचित्रको गीत संगीत र चलचित्रको ट्रेलरले पनि नेपाली चलचित्रका दर्शक स्रोताहरुको मन जित्न सफल भैसकेको छ ।नेपाली दर्शक हरुले निकै रुचाएका जोडी नायक पल शाह र नायिका पुजा शर्माको मुख्य भूमिका रहेको चलचित्रमा नायिका पुजा र नायक पल को अलवा हरिहर शर्मा,दिनेश डि, सी,राजा राजेन्द्र पोखरेल गणेश गिरि,सोनिका रोकाया लगाएत कलाकारहरुको अभिनय रहेको छ । सागितिक प्रेम कथामा निर्माण भएको चलचित्रमा निर्देशक सुदर्शनको कथा,सौरभ लामाको छाँयाकन,रामजी लामिछानेको नृत्य,शिवम अधिकारी र दिनेश न्यौपाने को पटकथा,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।