02nd November 2020

नेपाल भाषाको नयाँ गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो सार्वजनिक ।

कार्तिक,१७,२०७७ ।कोरोना भाइरसको सक्रमण फैलिने भयले देश लकडाउन भए सँगै बिगत ७ महिना देखी बन्द रहेको नेपाली चलचित्रको क्षेत्र कहिले बाट सुचारु हुने हो कुनै निश्चित छैन । तर गीत संगीतको क्षेत्रमा भने नयाँ नयाँ गीतको भिडियोको छायाँकन र सार्वजनिक हुने क्रममा भने कुनै कमी आएको छैन ।यसै क्रममा श्याम प्रजापतिको रचना, अनिल तुलाधरको संगीत र  यमन श्रेष्ठको स्वरमा तयार भएको नेपाल भाषाको नयाँ गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेवाः कला क्षेत्रमा आ आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारहरुको साथमा नयाँ कलाकारहरुको पनि अभिनय रहेको गीतको भिडियो लाई नेवारी गीतका म्युजिक भिडियोका सफल निर्देशक अनुज डंगोलले निर्देशन गरेका छन । दिप्सन डंगोलको छायाङ्कन र दृश्य सम्पादन,बिनोद बज्रचार्यको कोरियोग्राफी रहेको भिडियोमा छायाङ्कन निर्देशन भने  ह्यारी महर्जनले गरेका छन् । हास्य प्रधान गीतको भिडियोमा लक्ष्मीप्रसाद भैलः (ओम बाबा) विहोल श्रेष्ठ, दिव्या महर्जन, सुजना बज्राचार्य, ज्योती मानन्धर, सुप्रभा गाइँजु, शिव महर्जन, धिरज डंगोल, ज्ञानु महर्जन लगायत कलाकारको अभिनय रहेको छ ।