01st November 2020

यु ट्युब रिलिजको तयारीमा चलचित्र ए मेरो हजुर ३ ।

कार्तिक,१६,२०७७ । एक समय नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहेकी नायिका हुन नायिका झरना थापा । निर्देशक दयाराम दाहालको निर्देशनमा निर्मित चलचित्र दाइजो बाट अभिनय यात्रा शुरु गरी छोटो समय मै नेपाली रजतपटमा चर्चा र सफलता बटुल्न सफल भएकी नायिका झरना थापा अभिनित चलचित्रहरु धर्मा शंकट, ए मेरो हजुर, सुख दुख , तकदीर, पाहुना, मुग्लान, कहाँ छौ कहाँ,गोर्खाली, खलनायक लगाएतका दर्जनौ सफल चलचित्रहरु रहेका छन । दर्जनौ सफल चलचित्रहरुमा अभिनय गरी लाखौ नेपाली चलचित्रका दर्शक हरुको मन जित्न सफल भैसकेकी नायिका झरनाले  । दुइ दशक लामो कला यात्रामा आफ्नो सुन्दर अभिनय कला र नृत्य कलाको साथमा आफ्नो सुन्दरताले पनि लाखौ दर्शक हरुको मन मा बस्न सफल भएकी छिन ।

यसै क्रममा उनै नायिका झरना थापाले आफु अभिनित चलचित्र ए मेरो हजुर को नाम राखी नायिका बाट निर्देशक को यात्रामा पनि अगाडी बढाएकी थिइन । जुन चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक सलिन मान बनियाको मुख्य भूमिका रहेको थियो । नायिका झरनाको डेब्यु निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर २ ले नायिका झरनालाई एक सफल नायिकाको साथ साथै एक सफल निर्देशकको परिचय दिलाउन सफल भएको थियो ।

चलचित्र ए मेरो हजुर २ को सफलता पछी नायिका तथा निर्देशक झरना थापा निर्देशित दोस्रो चलचित्र ए मेरो हजुर २ को सिक्वेल चलचित्र ए मेरो हजुर ३  रहेको छ । जुन चलचित्रमा नेपाली चलचित्रका स्टार नायक अनमोल के सी र नायिका तथा निर्देशक झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहेको थियो । त्यसै गरी उक्त चलचित्रले पनि ए मेरो हजुर ले झै चर्चा र सफलता बटुल्न सफल भएको थियो भने नायिका सुहानाको डेब्यु पनि सुखद बन्न पुगेको थियो ।

यसै क्रममा चलचित्र ए मेरो हजुर २ र ३ को सफलता पछी उनै निर्देशक झरना यती बेला चलचित्र ए मेरो हजुर को चौथो सृंखलाको निर्देशन मा ब्यस्त छिन ।जुन चलचित्रको निर्माण टिमले केहि दिन अगाडी मात्र चलचित्र प्रमुख पात्र नायक अनमोल केसी र नायिका सुहाना थापा लाई समेटेर तयार पारेको चलचित्रको फस्ट लुक्स पोस्टर सार्वजनिक गरेको थियो । जुन पोस्टरमा चलचित्र ‘ए मेरो हजुर ३’ मा म्यूजिक स्टारको रुपमा देखिएका नायक अनमोल केसी चकलेटी अवतारमा देखिएका छन् । 

यसै क्रममा चलचित्र ए मेरो हजुर ४ को निर्माण टिमले चलचित्र को फस्टलुक पोस्टर सार्वजनिक गरे सँगै दर्शक हरुमा चलचित्र प्रती कौतुहल्ता बढाइरहेको समयमा चलचित्र ए मेरो हजुर को तेस्री सिरिज लाई यु ट्युब बाट सार्वजनिक गर्ने तयारी भैरहेको छ । नेपाली दर्शक हरुको यु ट्युब मा बहुप्रतिक्षित चलचित्र बन्न सफल भैरहेको चलचित्र ए मेरो हजुर ३ लाई दर्शक हरुको अत्यधिक माग लाई मध्य नजर गर्दै बुढा सुब्बा डिजिटलको यु ट्युब च्यानल बाट यही साता रिलिज गरिन लागिएको हो ।