06th June 2019

चलचित्र घर को ट्रेलर सार्वजनिक ।

जेठ,२३,२०७६ ।साउन ३ गते बाट प्रदशन मा आउन लागेको चलचित्र घर को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको प्रचार प्रसार गर्दै सार्वजनिक गरिएको उक्त हरर चलचित्र‘घर’को ट्रेलरमा । नायिका सुरक्षा पन्त गर्भवती महिलाको भूमिकामा देखिएकी छिन् । साथै नायिका सुरक्षा लाई चलचित्रको ट्रेलर मा डरलाग्दो अवतारमा देखाइएको छ ।सुरक्षा पन्त, अपर्ण थापा र बेनिशा हमाललाई सार्वजनिक ट्रेलरमा प्रस्तुत गरिएको छ । अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र घर मा अपर्ण, सुरक्षा र बेनिशासँगै अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकार हरुको पनि अभिनय रहेको छ । चलचित्रम शर्मिला पाण्डेको निर्माण रहेको छ भने सन्तोष अधिकारी सह निर्माताका रुप मा  रहेका छन् ।