30th October 2020

नायिका सुहाना थापाले यस बर्षको दशैं मनाइन आफ्नै घर मा ।

कार्तिक,१४,२०७७ । पिता निर्माता सुनिल कुमार थापा र माता नायिका तथा निर्देशक झरना थापाको निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर ३ बाट नेपाली ररतपटमा नायिकाको रुप मा डेब्यु गरी पहिलो चलचित्र बाट नै चर्चा र सफलताको शिखरमा पुग्न भएकी नायिका हुन नायिका सुहाना थापा ।जस्को पहिलो चलचित्रले नै नेपाली चलचित्रका दर्शक र नेपाली चलचित्रका समिक्षक हरुको मन जित्दै वाहवाही  बटुल्न सफल भएको थियो । नेपाली चलचित्रमा निकै रुचाइएका नेपाली चलचित्रका स्टार नायक अनमोल के, सीको जोडीको रुपमा प्रस्तु भएकी नायिका सुहानाले चलचित्रमा गरेको नृत्य अभिनय र उनको सुन्दरताले सबैको मन जित्न सफल भएको थियो ।साथै नायक अनमोल के सी र नायिका सुहाना थापाको जोडी लाई पनी दर्शक हरुले निकै रुचाएका थिए । जस्का कारण यही जोडी लाई पुन दोहोराउदै नायिका तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर को चौंथो सृखंला लाई निर्माण गरिरहेकी छिन ।जुन चलचित्रको छायाँकन यतिबेला तिब्र गतिमा भैरहेको छ ।  
यस बर्षको नेपाली हरुको महान चाड बिजया दशमीको अवसर पारेर प्रदशनमा ल्याउने तयारीका साथ फ्लोरमा गएको उक्त चलचित्रको छायाँकन कोरोना भाइरसको त्रासका कारण बिचैमा स्थगित हुन पुगेको थियो । जस्का कारण निर्माण टिमले बताए अनुसार चलचित्र ए मेरो हजुर ४ यो बर्षाको दशैमा प्रदशनमा आउन सकेन तर चलचित्रका निर्माण टिमले बर्ष ७७ को दशैको घट्स्थापाअनाको दिन बाट नै चलचित्रको बाँकी छायाकन पुन शुरु गरिसकेको छ ।बिगत ७ महिना देखी कोरोना र लक डाउनका कारण स्थगित भएको चलचित्रको बाकी छायाँकन  घट्स्थापना बाट शुरु गरेका निर्माण टिमले बडा दशैको फुलपातीको दिन देखी पुर्णिमा सम्मको लागी पुन स्थगित गरेको छ ।जस्ले गर्दा नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । नायिका सुहानाले आफ्नै घरमा परिवारसँग टिका लगाएको केहि तस्बिर  हरुलाई सामाजिक संजालमा तस्वीर शेयर गर्दै दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताएकी छिन । यसै क्रममा चलचित्र ‘ए मेरो हजुर ३’बाट चर्चामा आएकी नायिका थापा लाई चलचित्र ‘ए मेरो हजुर ४’ले पनि  थप चर्चा सफलता दिलाओस यही छ बि एम मनोरञ्जन समाचार को शुभकामना ।