29th October 2020

चलचित्र ए मेरो हजुर ४ को फस्टलुक पोस्टरमा चकलेटी अवतारमा देखिए नायक अनमोल के,सी ।

कार्तिक,१३,२०७७ । चलचित्र ‘ए मेरो हजुर ४’ को निर्माण टिमले चलचित्र प्रमुख पात्र नायक अनमोल केसी र नायिका सुहाना थापा लाई समेटेर चलचित्रको फस्ट लुक्स पोस्टर सार्वजनिक गरेको छ । यस बर्षको दशैमा प्रदशनमा ल्याउने तयारीका साथमा गएको बर्षको फाल्गुन महिना बाट छायाँकन शुरु भएको चलचित्रको छायाँकन कोरोना र लक डाउनका कारण प्रभाबित बन्न पुगेको थियो ।जस्का कारण चलचित्रका निर्माण टिमले घोषणा गरेको समयमा चलचित्र प्रदशनमा आउन सकेको थिएन । यसै क्रममा बिगत ७ महिना देखी बन्द रहेको चलचित्र ए मेरो हजुर ४ को बाकी छायांकन दशैको घटस्थापनाको दिन बाट शुरु गरेको थियो । कोरोना भाइरस लाई मध्य नजर राख्दै  सम्पुर्ण सुरक्षाको विधी अपनाएर छायांकन पुन शुरु गरेको चलचित्र ए मेरो हजुर ४ को निर्माण टिमले चलचित्रका कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरु लाई दशैंको शुभकामना दिदै चलचित्रको  पोष्टर सार्वजनिक गरेको हो । चलचित्र ‘ए मेरो हजुर ३’मा म्यूजिक स्टारको रुपमा देखिएका नायक अनमोल केसी  चलचित्र ए मेरो हजुर ४ को सार्वजनिक फस्ट लुक पोस्टर मा भने चकलेटी अवतारमा देखिएका छन् । नायिका सुहाना थापाको पनि चलचित्रको तेश्रो सिरिज भन्दा यसमा केही फरक गेटअप देखिएको छ । नायिका तथा निर्देशक झरना थापा निर्देशित चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ । जुन चलचित्रलाई निर्माता सुनिल कुमार थापाले निर्माण गरिरहेका छन् ।