22nd October 2020

सुरक्षाको विधी अपनाएर चलचित्र ए मेरो हजुर ४ र चलचित्र आइ एम ट्वाण्टी वानको छायाँकन ।

कार्तिक,०६,२०७७ ।बिगत ७ महिना देखी बन्द रहेको नेपाली चलचित्रको छायाँकनको कार्य गत शुक्रवार बाट चलचित्र ए मेरो हजुर ४ र चलचित्र आइ एम ट्वाण्टी वानको निर्माण टिमले शुरु गरेको छ ।कोरोनाको त्रास यथावत रहिरहेको समयमा कतिपय चलचित्रकर्मीले अहिले नै चलचित्रको छायांकन गर्न उपयुक्त समय नभएको बताइरहदा निर्माता सुनिल कुमार थापाले सम्पुर्ण सुरक्षाको विधी अपनाएर बिगत ७ महिना देखी स्थगित भएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन पुन शुरु गरेका हुन । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा दिन प्रती दिन बढ्दै गैरहेको समयमा र सरकारले पनि विभिन्न क्षेत्रलाई संचालनको अनुमती दिएपनि चलचित्रको बारेमा कुनै निर्णय नगरीसकेको अवस्थामा केहि चलचित्रकर्मीहरुले आफै सुरक्षाको विधी अपनाएर छायांकन सुरु गरेका हुन् ।
त्यस्तै फुलपातिसम्म छायांकन गरेर पूर्णिमापछि फेरि काम सुरु गर्ने तयारीमा रहेको चलचित्र ए मेरो हजुर ४ को सेटमा नायक अनमोल केसी, गायक दुर्गेस थापा, नायिका सुहाना थापा, अर्का नायक सलोन बस्नेत लगायत छन् । त्यसै गरी निर्माण टिमले चलचित्रको छायांकन सेटमा प्रवेश गर्नु अगाडी सम्पूर्ण मानिसहरुको ज्वरो नाप्ने गरिएको र टिमका कलाकारदेखि प्राविधिक सम्मले सर्तकताका साथ काम गरिरहेको निर्माता थापाले बताएका छन । त्यस्तै निर्देशक रेनेशा बान्तवा राईको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन मा पनि प्राविधिकदेखि कलाकारले सुरक्षा सावधानी अपनाएका छन । फूलपातीको दिन सम्म छायाकन हुने र त्यस पछी केहि दिन को बिश्राम पछी पुन पूर्णिमापछि छायांकन सुरु हुने चलचित्र आइ एम ट्वण्टी वान का निर्माता प्रज्ज्वल शमशेर जबराले छायांकन अवधीभर चलचित्रको टिम एकै ठाउँमा रहने जानकारी दिएका छन ।