21st October 2020

अभिनेता तथा निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जालमा लेख्छन, राम्रो रोज्ने मौका त हामीले गुमायौं अब ढिला नगरी कुहिएकालाई चै फ्यालिहाल्नु पर्ने देखियो ।

कार्तिक,५,२०७७ । चलचित्र लूट्, टलक जंग भर्सेज टुल्के,लूट २ जस्ता चलचित्र हरुको निर्देशन गरी नेपाली चलचित्रको बजारमा एक फरक प्रकारको निर्देशक को रुपमा आफु लाई स्थापित गराउन सफल भएका अभिनेता तथा निर्देशक हुन निश्चल बस्नेत । पृथक बिषय बस्तुमा चलचित्रको निर्देशन गर्दै र चलचित्र र केहि म्युजिक भिडियो हरुमा पनि अभिनय गर्दै आएका निश्चलले चलचित्र घामड शेरे,फिटकिरि,गरुड पुराण,दुइ रुपैया,कबड्डी,प्रसाद,पर्व,जात्रै जात्रा लगाएतका चलचित्र हरु रहेका छन ।चलचित्र लूट्को निर्देशन बाट एक फरक प्रकार को निर्देशकको रुपमा आफु लाई स्थापित गराउन सफल उनै निर्देशक पछिल्लो समय केहि म्युजिक भिदियोमा पनि देखिदै आएका छन । यसै क्रममा आफ्नो पृथक शैलिको निर्देशन र कलाकारिता लाई अगाडी बढाउदै नेपाली चलचित्रको श्रीबृद्दिको लागी लागी परिरहेका उनै निर्देशक निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टी भएको उल्लेख गरेका छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेको अवस्थाम र मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्दी भैरहेको समयमा । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । साथै सरकारको यो कदमको यतिबेला चलचित्रकर्मीहरुले पनि विरोध गरिरहेका छन् । यसै क्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा 
आफ्नो उपचार गर्न राज्यकोष बाट जति खर्च गरेपनि हुने ! जनताको उपचार चै "आफै गर" भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरी छर्लङग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकार ले आफ्नो पतनको बाटो आफै रोजीसकेछ ।  राम्रो रोज्ने मौका त हामीले गुमायौं  अब ढिला नगरी कुहिएकालाई चै फ्यालिहाल्नु पर्ने देखियो । लेखेका छन ।