20th October 2020

फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु ।

कार्तिक,०४,२०७७ । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो । काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको गीत ‘कुन देश कि परी । ।’को छायाँकन सुरु गरेको छ । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए । कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन गरिएको निर्देशक राजु लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले थपे । दोलखाको अतिरिक्त सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ । फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।