19th October 2020

नायिका बर्षा शिवाकोटी ले गरिन गर्मीयाम लाई बिदाइ, देखिन हट अवतारमा ।

कार्तिक,०३,२०७७ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्र र सांगितिक क्षेत्रको म्युजिक भिडियो र चलचित्रमा ब्यस्त रहदै आएकी नायिका बर्षा शिवाकोटीले यस बर्षाको गर्मीयाम लाई बिदाइ गरेकी छिन ।यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन नपाएको अवस्थाम र  स्विमिङ पूलमा रमाउने चाहना पनि यस बर्ष अधुरो रहन गएको अवस्थामा नायिका बर्षाले शिवाकोटीले सामाजिक सञ्जालमा स्विमिङ शुट मा खिचिएको केहि हट तस्बिर राख्दै यस बर्षको गर्मीयाम लाई बिदाइ गरेकी हुन ।  चलचित्र नाइ नभन्नु ल २ बाट नायिकाको रुपमा नेपाली रजतपटमा डेब्यु गरेकी नायिका नायिका बर्षा शिवाकोटीले परिवारसँग एक रिसोर्टमा गएको समय लिइएको उक्त तस्बिरमा नायिका बर्षालाई निकै सुन्दर र हट देखिएको छ ।
। निर्देशक बिकासराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल २ मा अभिनय गरेर पहिलो चलचित्र बाट नै चर्चा र सफलता बटुल्न सफल भएकी नायिका बर्षा पछिल्लो समय चलचित्रको साथ साथै म्युजिक भिडियोहरुमा पनि उतिक्कै छाइरहेकी छिन ।चलचित्र नाइ नभन्नु ल २ को सफलता पछी चलचित्र पशुपती प्रसादमा देखिएकी नायिका बर्षाको उक्त चलचित्रले पनि दर्शक हरुको मन जित्दै ब्यवसायिका सफलता बटुल्न सफल भएको थियो ।लगातार दुइ चलचित्रको सफलता पछी थप चर्चामा आएकी नायिका बर्षाले अभिनय गरेको तेस्रो चलचित्र लप्पन छप्पन रहेको छ ।

त्यस पछी चलचित्र कारखाना,सुब्बा साब,बिर बिक्रम २,जय शम्भु,पुरानो बुलेट,भैरे,लक्का जवान, लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी छिन । यसै क्रममा कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गत बर्षाको चैत महिना बाट लकडाउन गरेपछि करीब ६ देखी घरभित्रै रहदै आएकी नायिका बर्षा स्थिति सामान्य भएपछि आफु अनुबन्धित भएका चलचित्रको छायाकन मा ब्यस्त हुने छिन ।उनको पाइपलाइनमा रहेका चलचित्रहरुमा ‘परदेशी २’, ‘सुदूर’ र ‘गोर्खा वारियर’ रहेका छन ।

त्यस्तै लक डाउन अघी चलचित्र‘चालबाज’ को छायांकन सकाएर बसेकी नायिका वर्षा सिवाकोटीले नेपाली चलचित्रका महानायक राजेश हमालसँग एक लोकगीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् । यसअगाडि महानायक राजेश हमालसँग काम नगरेकी नायिका बर्षाले खुशी ब्यक्त गरेकी थिइन । यसै क्रममा म्यूजिक भिडियोको छायाकन को  व्यस्तताका बावजुद पनि समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी नायिका बर्षाले सेयर गरेको उक्त तस्बिरले राम्रै चर्चा बटुल्न सफल भैरहेको छ । साथै  दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी नायिका वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने पनि जानकारी दिएकी छिन् ।