18th October 2020

चलचित्र ए मेरो हजुर ४ को छायाँकन शुरु ।

कार्तिक,२,२०७७ ।चलचित्रको छायाँकन चलिरहदा कूरोनाको त्रासका कारण बिगत ७ महिना देखी छायाँकन स्थगीत भएको चलचित्र ए मेरो हजुर ४ को गत शनिबार बाट पुन छायाकन शुरु भएको छ ।गएको बर्षको चैत महिना बाट शुन्यको अवस्थामा रहेको नेपाली चलचित्रको बजार अब केहि चलामालाउन थाले सँगै चलचित्र ए मेरो हजुर ४ को छायाकन शुरु भएको हो । त्यस्तै कोरोनाको त्रास यथावत रहेकै अवस्थामा शुरु भएको चलचित्रको छायाकन्का लागी निर्माण टिमले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर चलचित्रको बाकी छायांकन थालिएको चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन । त्यस्तै अनमोल के सी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रमा चर्चित गायक तथा मोडल दुर्गेश थापा लाई पनि प्रबेश गराइएको छ ।लकडाउन अगाडि चलचित्रको ५० प्रतिशत छायांकन सम्पन्न भैसकेको उक्त चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ भने आफ्नै परिचयमा देखिने तयारीमा रहेका  दुर्गेस लाई ए मेरो हजुर ४ को एउटा गीत र केही दृश्यमा देख्न पाइने छ ।

त्यसै गरी निर्माता थापाका अनुसार शनिवारदेखि काठमाडौंमा इनडोर छायांकन भइरहेको चलचित्रको युनिटमा २० जनाको टिम रहेको चायाकन मा जानु अगाडी ‘कलाकारदेखि प्राविधिकसम्मको कोरोना परीक्षण गराएर छायांकनमा निस्किएको बताएका छन । सुटिङ सेटमा सामाजिक दुरी कायम गर्दै सेटमा आउने कास्ट एन्ड क्रियूलाई सेनिटाइज गरेपछि मात्र प्रवेश गर्न दिइएको पनि निर्माता थापाले बताएका छन ।  लकडाउनभन्दा अगाडि पोखरामा ५० प्रतिशत छायांकन सकिएको चलचित्र ए मेरो हजुर ४ लाई नायिका तथा निर्देशन झरना थापाले निर्देशन गर्दैछन ।