17th October 2020

चलचित्र ‘छिरिङ’ यु ट्युब बाट रिलिज ।

कार्तिक,०१,२०७७ ।गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार अभिनित र गायक यस कुमार निर्देशित चलचित्र ‘छिरिङ’ शनिबार यु ट्युब बाट रिलिज भएको छ ।दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व लाई चलचित्रको मुख्य कथावस्तु रहेको चलचित्र छिरिङ उपल्लो मुस्ताङ मा  चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गरेको छ । यसै चलचित्र बाट चलचित्र निर्देशन मा डेब्यु गरेका गायक एवं अभिनेता यशकुमारले निर्देशित यस चलचित्रमा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको छ । त्यस्तै चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।  मनाङ, मुस्ताङ, रोल्पा, डोल्पा लगाएतका रमणिय स्थान हरुमा छायाकन गरिएको चलचित्रमा छिरिङ पात्रको जीवनमा आउने उचारचडावलाई देखाइएको छ । ए कान्छा, तिमी ले त मायामा ,बोल बोल पाखा जस्ता कर्णप्रिय गीत संगीत समाबेश चलचित्र छिरिङ लाई आउँदो शनिबार कार्तिक १गते बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट रिलिज गरिन लागेको हो ।