16th October 2020

रंगमञ्च, टेलिचलचित्र र चलचित्रहरुमा शसक्त अभिनय गर्दै लाखौ नेपाली दर्शक हरुको मन मस्तिकमा बस्न सफल भएकी अभिनेत्री मिथिला शर्मा लाई जन्मदिन को शुभकामना।

असोज,३०,२०७७ । १० बर्षको कलिलो उमेरमा नै नृत्यकलाको यात्रा शुरु गरी बिगत ३ दशक भन्दा लामो समय देखी नृत्य कला, रंगमञ्च, चलचित्र टेलिचलचित्रहरुमा शसक्त अभिनय गर्दै लाखौ नेपाली दर्शकहरुको मन मस्तिकमा बस्न सफल भएकी अभिनेत्री हुन, मिथिला शर्मा । नृत्य कलामा अब्बल रहदै आएकी अभिनेत्री मिथिलाले आफ्नो सुन्दर नृत्य र शसक्त अभिनयको माध्यमबाट नेपाली चलचित्रको क्षेत्रमा होस या रंगमञ्च या टेलिचलचित्रहरुमा नै होस अफ्नो छुट्टै र बिषेश स्थान बनाउदै नेपाली कला क्षेत्रमा एउटा सुनौलो अक्षरले आफ्नो नाम लेखाउन सफल भैसकेकी छिन ।

१० बर्षमा नै राजधानीमा रहेको महेन्द्र पुलिस क्लबमा तत्कालिन राजा विरेन्द्र वीर विक्रम शाहको शुभ जन्मोत्सवको अवसरमा आयोजना भएको एक सांगितिक कार्यक्रममा पञ्चकन्याको रुपमा नृत्य गरेर आफ्नो कलाकारिता यात्रा लाई अगाडी बढाएकी अभिनेत्री मिथिलाले आजको दिन सम्म आइपुग्दा कयौ रंगमञ्च टेलिचलचित्र चलचित्र हरुमा अभिनय गरिसकेकी छिन । साथै पछिल्ला पुस्ताका केहि चलचित्रकर्मीको हरुको प्रेरणाको स्रोत पनि अभिनेत्री मिथिला शर्मा बन्न पुगेकी छिन ।

भन्नै पर्दा उनि बाट अहिलेका नयाँ पुस्ताका अभिनेत्री हरुले धेरै सिक्ने अवसर पाएका छन ।यस कारण पनि अभिनेत्री मिथिला लाई अभिनय र नृत्यको एक बिधालय भन्दा पनि खासै अनुपयुक्त नहोला । आफ्नो शसक्त अभिनय, वजनदार संबाद मन छुने भावहरुले दर्शकहरुलाई आफुले निभाएको पात्र भित्र समाहित गर्न सफल जिवन्त अभिनय कलाकी धनी अभिनेत्री मिथिला शर्माले चलचित्र बिश्वास मार्फत नेपाली रजतपटमा अभिनय यात्रा शुरु गरेकी थिइन ।

जुन चलचित्रमा उनलाई एक नृत्य प्रशिक्षकको रुपमा देख्न पाइन्छ। अभिनेत्री मिथिलाले चलचित्र बिश्वास हुँदै चलचित्र भुमरी, जिवन सघर्ष, अधिकार,नारी, प्रतिज्ञा, जीत, मायाको जाल, सुख दुख, जालीरुमाल, सडक, मन मनै मन परांए, मुना मदन, आमा, दिदी, बसाँइ, आफ्नो मान्छे लगाएत दर्जनौ चलचित्र हरुमा अभिनय गरिसकेकी छिन । पछिल्लो समयमा निर्माण भएको चलचित्र आमाको मुख्य भुमिका आमाको रोलमा गरेको अत्यन्तै शसक्त अभिनयले उनलाई नेपाली कलाको दुनियाँमा नयाँ उचाई पुर्याएको छ । हुनत खारिएको अभिनयको लागि सधै सम्झने नाम हो मिथिला शर्मा, तर चलचित्र आमाको भुमिकाले उनलाई सधैको लागि जीवन्त राख्नेछ । यसै क्रममा उनै नृत्य कि रानी, अभिनयकी खानी नेपाली कला क्षेत्रकी मुर्धन्य अभिनेत्री मिथिला शर्माको आज जन्मदिन परेको छ ।

नेपाली कला क्षेत्रको श्रीबृद्धीको लागी आफ्नो अमुल्य योगदान दिएकी उनै अभिनेत्री मिथिलाको जन्मदिनको अवसरमा उनलाई नेपाली चलचित्रका चलचित्रकर्मी रंगकर्मीहरुको साथसाथै उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालको साथै बिभिन्न माध्यम बाट शुभकामना दिइरहेका छन । यसै क्रममा अभिनेत्री मिथिला शर्माको आज परेको जन्मदिनको अवसर मा बि एम एच डी टेलिभिजनको तर्फ बाट पनि सुन्दर भबिश्य, सुखद दाम्पत्य जीवनको साथै नेपाली कला क्षेत्रमा समर्पित रहदै अझै दर्शक हरुको मन मस्तिस्कमा सदा बसिरहन सफल होउन यही छ हार्दिक मंगलमय शुभकामना ।