06th June 2019

गायक रमेश क्षेत्रीको ‘फुल फुल्ने बगैचा’को म्युजिक भिडियो सार्वजनिक ।

जेठ,२३,२०७६ ।नेपाली गीत संगीत को बजार मा ‘फुल फुल्ने बगैचा’को म्युजिक भिडियो सार्वजनिक भएकोछ ।गायक रमेश क्षेत्रीको आधुनिक केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको गीत ‘फुल फुल्ने बगैचा’ लाई सार्वजनिक गरिएको हो ।सार्वजनिक गरिएको उक्त गीत अहिले बजारमा आउने गरेका अन्य गीत भन्दा केही भिन्न शैलीको रहेको छ ।बुढासुब्बा म्युजिकको युट्युवबाट सार्वजनिक भएको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले रोमान्स गरेका छन् ।नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो । भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।