15th October 2020

रोजगारी गुमाएकाहरुलाई खाना खुवाउँदै नायिका पुजा शर्मा ।

असोज,२९,२०७७ ।नेपाली चलचित्रको बजारमा चलचित्र प्रेम गीत बाट चर्चामा आएकी नायिका हुन नायिका पुजा शर्मा ।निर्माता सन्तोष सेनको निर्माण र निर्देशक सुदर्शन थापा निर्देशनमा निर्मित चलचित्र प्रेम गीतमा अभिनय गरे नेपाली चलचित्रको बजारमा चर्चामा रहेकी नायिका पुजा शर्मा लाई पछिल्लो समय दर्शक हरुले निकै रुचाएकी नायिका हरुमा लिने गरिन्छ। ।

चलचित्र प्रेम गीत को सफलता सँगै चलचित्र म यस्तो गीत गाउछु,राम कहानी, पोइ पर्यो काले ज्स्ता सफल चलचित्रहरुमा अभिनय गरेर थप चर्चा र सफलता बटुलेकी नायिका पुजा अभिनित चलचित्र सम्झना बिर्सना, मन परेसी, म यस्तो गीत गाउछु २, सम्हालिन्छ कहिले मन जस्ता चलचित्रहरु प्रदशनको पर्खाइमा रहेको छ  । त्यस्तै चलचित्र मन परेसी निर्माणको क्रममा रहेको छ ।

यसै क्रममा निर्देशक सुदर्शन थापा सँगको सहकार्यमा नयाँ चलचित्रको निर्माणको तयारीमा जुटेकी उनै नायिका पुजा शर्माले गत सोमवार अप्ठ्यारोमा परेकाहरुलाई खाना वितरण गरेकी छन् । साझा पार्टीको तातो भात अभियानमा सहभागिता जनाउँदै उनले भोकाहरुलाई खाना बाँडेकी हुन् ।
कोरोना भाइरसले विश्वका साथै नेपाल लाई पनि आक्रान्त बनाइरहेको समयमा  र कोरोनाका कारण हजारौं श्रमिकको रोजीरोटी गुमेको अवस्थामा भोकले आक्रान्त भएर काठमाडौंका सडकमा खाना खोज्नेको संख्यामा दिन प्रतिदिन बृद्दी भैरहेको छ ।यसै क्रममा रोजगारी गुमेर समस्यामा परेकालाई काठमाडौंका विभिन्न स्थानमा विभिन्न संघ-संस्थाहरुले निःशुल्क खाना वितरण पनि गरिरहेका छन् ।

जुन पबित्र र मानव सेवाको यो सामाजिक धार्मिक कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिइरहेका छन् । यसैमा नायिका पूजा शर्माले पनि साझा पार्टीको तातो भात अभियानमा सहभागिता जनाउँदै अप्ठ्यारोमा परेकाहरुलाई खाना वितरण गरेकी हुन् ।
नायिका पुजाले कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई खाना बाँड्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा खाना बाँडिरहेको केहि तस्विरहरु लाई पनि शेयर गरेकी छन् । पछिल्लो समय म्युजिक भिडियोमा पनि ब्यस्त बन्दै आएकी नायिका पुजाले सोमवार साँझ लगनखेलको सडकमा आफ्नै खर्चमा भोकाहरुलाई खाना बाँडेकी हुन् । यसअघि उनले फिल्म प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यन्न सहयोग गरेकी थिइन् ।