14th October 2020

अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको चलचित्र लक्ष्मी पुजाको फुर फुर गीत सार्वजनिक ।

असोज,२८,२०७७ ।चलचित्र लक्ष्मी पुजाको दोस्रो गीत फुर फुर पुतली सार्वजनिक भएको छ ।अभिनेता सलोन बस्नेत र पछिल्लो समय चर्चामा रहेकी कलाकार तथा मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको उक्त गीत लाई चलचित्रको निर्माण टिमले चलचित्रको प्रचार प्रसार लाई थप मजबुत बनाउन सार्वजनिक गरेको हो । नेपाली हरुको महान चाड बिजया दशमीको अवसर पारेर आउदो कार्तिक ७ गते फुलपातीको दिन बाट बिभिन्न डिजिटल माध्यम बाट प्रदशन गरिन लागेको चलचित्र लक्ष्मी पुजाको यस अगि एक गीत र टिजर लाई निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।जुन गीत र टिजरले चर्चा बटुल्दै गर्दा चलचित्रमा समाबेश दोस्रो गीत फुर फुर पुतली लाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, बिपिन आचार्यको संगीत र गायिका माण्डबी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ ।निर्देशक सोभित बस्नेतको निर्माण र समिर मिँयाको निर्देशनमा निर्माण भएको चलचित्र लक्ष्मी पुजाको उक्त गीतमा नृत्य निर्देशक रामजी लामिछानेले निर्देशन गरिरहेका छन ।
लक डाउनको बिच मै छायाँकन भएको चलचित्र ‘लक्ष्मीपूजा’ मा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको छ । यस्को साथै चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । चलचित्र ‘यात्रा’ की नायिका जाहन्वी बस्नेत लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र लक्ष्मीपुजामा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ । चलचित्र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको छ ।