13th October 2020

अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको चलचित्र लक्ष्मी पुजाको फुर फुर गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम ।

असोज,२७,२०७७ । अभिनेता सलोन बस्नेत र पछिल्लो समय चर्चामा रहेकी कलाकार तथा मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको फुर फुर गीत लाई सार्वजनिक गर्ने तयारीमा चलचित्र लक्ष्मी पुजाको निर्माण टिम रहेका छन । नेपाली हरुको महान चाड बिजया दशमीको अवसर पारेर आउदो कार्तिक ७ गते फुलपातीको दिन बाट बिभिन्न डिजिटलको माध्यम बाट प्रदशन गर्न लागिएको उक्त चलचित्रमा समाबेश गीत फुर फुर पुतलीको छायाँकन केहि साता अगि मात्र गरिएको थियो । निर्देशक सोभित बस्नेतको निर्माण र समिर मिँयाको निर्देशनमा निर्माण भएको चलचित्र लक्ष्मी पुजाको उक्त गीतमा नृत्य निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन ।

लक डाउनको बिच मै छायाँकन भएको चलचित्र ‘लक्ष्मीपूजा’ मा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको छ । यस्को साथै चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । चलचित्र ‘यात्रा’ की नायिका जाहन्वी बस्नेत लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र लक्ष्मीपुजामा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ । चलचित्र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको छ ।