12th October 2020

नेपाली चलचित्रकी सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर अब टेलिभजनको पर्दा ।

असोज,२६,२०७७ । नेपाली चलचित्रकी सदाबहार सुन्दरी नायिका हुन नायिका करिश्मा मानन्धर । जो आफ्नो अभिनय कला र सुन्दरताले लाखौ नेपाली दर्शक हरुको मन जित्न सफल भैसकेकी छिन । कलिलो उमेर मै निर्देशक प्रकाश थापाको चलचित्र सन्तान बाट अभिनय यात्रा शुरु गरेकी नायिका करिश्माले सयौंको संख्यामा नेपाली चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । चलचित्र सन्तान हुँदै निर्देशक शम्भु प्रधानको चलचित्र मायालु, कस्तुरी, भाउजु, मनकामना, सपना,अल्लारे, बसन्ती, ढुकढुकी, बाबु साहेब, सौता, परिभाषा, उपकार, साथी, मिलन,  प्रतिज्ञा लगाएतका दर्जनौ समझनलायकका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।

दुइ दशक लामो समय सम्म नेपाली चलचित्रको क्षेत्रमा एक क्षत्र राज गर्न सफल भएकी नायिका करिश्माले भारतीय अभिनेत्री मधुमती सँग नृत्यकलाको प्रशिक्षण लिएकी छिन । भने त्यही समय उनले भारतीय चलचित्र निर्देशक सुनिल अग्नी होत्रीको चलचित्र चोरो की बारातमा पनि अभिनय गर्न सफल भएकी थिइन । चलचित्र ढुकढुकी र बाबु साहेब को निर्माण गरे पछी केहि समय अमेरिकामा रुमलिन पुगेकी नायिका करिश्मा पछिल्लो समय पुन नेपाली चलचित्र, राजरानीतिक र सामाजिक कार्यमा सकृय रहदै आएकी छिन ।

यसै क्रममा चलचित्रको काँचको पर्दा मार्फत लाखौ नेपाली दर्शक हरुलाई मनोरञ्जन दिदै र लिदै आएकी उनै नायिका करिश्मा अब दर्शक हरुले टेलिभिजन को पर्दामा पनि देख्न पाइने भएको छ ।नायिका करिश्मा लाई नेपाली मनोरञ्जन क्षेत्रका चर्चित हाष्य कलाकार जितु नेपाल मुन्द्रेले सञ्चालन गर्दै आएको मुन्द्रेको कमेडी क्लबमा देख्न पाइने भएको हो ।भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्दै आएको ‘द कपिल शर्मा शो’ को फर्म्याटमा निर्माण भएको ‘मुन्द्रेको कमेडी क्लब’मा पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा रहेकी दीपाश्री निरौला लाई रिप्लेस गर्दै नायिका करिश्माको प्रबेश भएको हो ।

पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारका लागि गतिलो प्लेटफर्म बन्दै आएको मुन्द्रेको कमेडी क्लबमा नायिका करिश्माको प्रबेश भए सँगै स्वास्थ्य सुरक्षा अपनाएर शोको ४ भागको छायांकन पूरा भइसकेको छ ।  कोरोना कहरका कारण गत वैशाखबाट बन्द भएको उक्त कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ ।  संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् । पहिले भन्दा केही परिस्कृत भएर आउन लागेको शोको आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन् । पहिले भन्दा अवको शो केही नयाँ शैलीबाट आउने जीतुले बताएका छन् ।