11th October 2020

नायिका बर्षाले सामाजिक सञ्जालमा लेखिन ‘म एक नारी हुँ ! एक नेपाली नारी !

असोज,२५,२०७७ । चलचित्र नाइ नभन्नु ल ४ बाट नायिकाको रुपमा डेब्यु गरेकी नायिका हुन नायिका बर्षा राउत ।म्युजिक भिडियो बाट चर्चा बटुल्दै निर्देशक बिकास राज आचार्यको चलचित्र नाइ नभन्नु ल को सिरिज चलचित्र नाइ नभन्नु ल ४ मा अभिनय गरे पछी नेपाली चलचित्रको बजारमा चर्चा रहन भएकी नायिका बर्षा पछिल्लो समय बिभिन्न म्युजिक भिडियो र चलचित्रहरुमा उतिकै सकृय रहदै आएकी छिन । चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली रजतपटमा अभिनय यात्रा शुरु गरेकी नायिका राउतले चलचित्र छक्का पञ्जा, जात्रा, जात्रै जात्रा, काफल पाक्यो, मिष्टर झोले, मेरो पैश खोइ, दाल भात तरकारी,गोपी  लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।

साथै चलचित्र क्षेत्रमा प्रबेश गरेको छोटो समय मै चर्चा र सफलता बटुन्ल सफल भएकी नायिका बर्षाले बिभिन्न समयमा बिभिन्न अवार्ड हरु पनि हात पार्न सफल भैसकेकी छिन । चलचित्र र म्युजिक भिडियोमा गरेको आफ्नो सुन्दर अभिनय कला र नृत्य कला बाट दर्शक हरुको मन जित्दै दर्शक हरुलाई मनोरञ्जन दिदै र लिदै आएकी उनै नायिका बर्षा त्यस्का अलवा सामाजिक सञ्जालमा पनि उतिकै सकृय रहदै आएकी छिन । सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत भावनाहरु निर्धक्क साथ राख्दै आएकी नायिका बर्षा बेला बखत आफुले राखेका अभिब्यक्ती हरु बाट बिबादित पनि बन्ने गरेकी छिन ।

यसै क्रममा नायिका बर्षाले सामाजिक सञ्जालमा  ‘म एक नारी हुँ ! एक नेपाली नारी ! धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी ! यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कति दिन धन्यवाद भनिरहने ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन । 
गएको हप्ता गृहमन्त्री रामबहादुर थापाले अन्य देशहरुको अवस्था गर्दा बलात्कारको घटनालाई लिएर नेपाल चिन्तित हुनुपर्ने स्थितिमा नभएको भन्दै टिप्पणी गरे पछी । उनको उक्त अभिव्यक्तिले राज्य सत्ता सञ्चालन गर्ने वर्गले बलात्कारका घटनालाई सामान्य रुपमा लिएको भन्दै चौतर्फी बिरोध भैरहेको छ । त्यसै गरी नायिका बर्षाले अगाडी लेखेकी छिन । नारी अधिकारका लागी कानुन छ तर कागजमा मात्र सीमित, कानुन मन्त्री र न्याय मुर्ती पनी नारी नै  हनुहून्छ तर मौन ! नेपाली कानुनले आँखा मात्र होईन कान र मुखमा पनी पट्टी बाँधे झैं भान भैरहेको छ ! 
भरखरै जन्मेको शिशु देखी ८० बर्षे बृद्धा सम्म बलत्कृत, बाउ द्वारा छोरी बलत्कृत, बालक बलत्कृत बालिका बलत्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबै तीर बलात्कार !  खै कहाँ छ नारीलाई सम्मान ?   खै कहाँ छ नारीलाई सुरक्षा ?   खै कहाँ छ नारीकालागी कानुन ? 
नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेका छन ! कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलत्कारको संख्या गन्दै सफलता आंकलन गर्नमा व्यस्त हनुहून्छ, अनी अधिकार सम्पन्न हामी नेपाली  नारी निरीह बलत्कृत भैरहेका छौं ! 
कसले सुन्ने हाम्रो चीत्कार ? कसले मेटाउने हाम्रो त्रास ? कसले दिने हामिलाई सुरक्षा अनी न्याय ?  लेखेकी छिन ।

त्यसै गरी यसै बिषय लाई लिएर गत बिहीवार नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेख्दै आफूलाई छोरी जन्मिएला कि भन्ने डरले सताउन थालेको बताएकी थिइन ।