09th October 2020

नायिका बर्षा लाई महानायक हमालको चलचित्रमा काम गर्ने इच्छा ।

असोज,२३,२०७७ ।चलचित्र नाइ नभन्नु ल २ बाट नायिकाको रुपमा नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन नायिका बर्षा शिवाकोटी ।निर्देशक बिकास राज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल २ मा अभिनय गरेर पहिलो चलचित्र बाट नै चर्चा र सफलता बटुल्न सफल भएकी नायिका बर्षा पछिल्लो समय चलचित्रको साथ साथै म्युजिक भिडियोहरुमा पनि उतिक्कै छाइरहेकी छिन ।चलचित्र नाइ नभन्नु ल २ को सफलता पछी चलचित्र पशुपती प्रसादमा देखिएकी नायिका बर्षाको उक्त चलचित्रले पनि दर्शक हरुको मन जित्दै ब्यवसायिका सफलता बटुल्न सफल भएको थियो ।लगातार दुइ चलचित्रको सफलता पछी थप चर्चामा आएकी नायिका बर्षाले अभिनय गरेको तेस्रो चलचित्र लप्पन छप्पन रहेको छ ।त्यस पछी चलचित्र कारखाना,सुब्बा साब,बिर बिक्रम २,जय शम्भु,पुरानो बुलेट,भैरे,लक्का जवान, लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी छिन । यसै क्रममा कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गत बर्षको चैत महिना बाट लकडाउन गरेपछि करीब ६ महिना देखी घरभित्रै रहदै आएकी नायिका बर्षा लाई । यस अवधिमा आधा दर्जन भन्दा बढी नयाँ चलचित्रहरु बाट अफर आएको छ । तर,नायिका बर्षा लाई कुनै पनि ति नयाँ चलचित्रको स्क्रिप्ट चित्त नबुझेको बताएकी छिन । कोरोनाको कारण चलचित्र क्षेत्र थप्प हुन पुग्दा म्युजिक भिडियोमा ब्यस्त बन्दै आएकी नायिका बर्षा स्थिति सामान्य भएपछि आफु अनुबन्धित भएका चलचित्रको छायाकन मा ब्यस्त हुने छिन ।उनको पाइपलाइनमा रहेका चलचित्रहरुमा ‘परदेशी २’, ‘सुदूर’ र ‘गोर्खा वारियर’ रहेका छन । त्यस्तै लक डाउन अघी चलचित्र‘चालबाज’ को छायांकन सकाएर बसेकी नायिका वर्षा सिवाकोटीले नेपाली चलचित्रका महानायक राजेश हमालसँग एक लोकगीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् । यस अगाडि महानायक राजेश हमालसँग काम नगरेकी नायिका बर्षाले खुशी ब्यक्त गरेकी छिन । उक्त भिडियोमा राजेश हमाल, वर्षा सिवाकोटीको साथमा गायक प्रकाश सपुतको पनि अभिनय रहेको छ । चलचित्र ‘परदेशी २’मा एक साथ काम गरिरहेका नायिका वर्षा र गायक प्रकाशको महानायक राजेश हमाल सँग सहकार्य गरेको यो पहिलो पटक हो । यसै क्रममा नायिका बर्षाले महानायक हमालले  निर्देशन गर्ने चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन । नायिका बर्षाले आफू ४ बर्षको हुँदा राजेश हमाललाई देखेको संझदै वर्षाले अब हमाल ले निर्देशन गर्ने चलचित्रमा पनि काम गर्ने इच्छा व्यक्त गरेकी हुन । तर नायक राजेश हमालले भने नायिका वर्षाको संभावनाको बिषयमा कुनै जवाफ दिएका छैनन् ।