08th October 2020

सफलताको खोजिमा नायिका जाहन्वी बस्नेत ।

असोज,२२,२०७७ । चलचित्र क्षेत्रमा सफलताको खोजिमा रहेकी नायिका जाहन्वी बस्नेत अभिनेता जय किशन बस्नेत कि छोरी हुन । जो यतिबेला चलचित्र लक्ष्मी पुजाको प्रदशनको पर्खाईमा रहेकी छिन । उनी उक्त चलचित्रमा लक्ष्मी र पुजाको भूमिकामा देखिदै छिन । फिल्मी पृष्ठभूमीबाट आएकी नायिका जाहान्वीले यस अगि अभिनय गरेको  चलचित्र ‘यात्रा’ रहेको छ । जुन चलचित्रले सन्तोष जनक ब्यवसायिक सफलता बटुल्न सफल भएको थियो । यसै क्रममा जाहान्वी लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र ‘लक्ष्मी पुजा’ दशैंको अवसर पारेर फुलपातीको दिन देखी रिलिज हुँदैछ । चलचित्र क्षेत्रमा नै करिअर बनाउन लागिपरिरहेकी नायिका जाहान्वी लाई यतिबेला एक सफल चलचित्रको आवश्यक रहेको छ ।जुन आवश्यक्ता प्रदशनको तयारीमा रहेको चलचित्र लक्ष्मी पुजाले गर्नेमा उनि बिश्वस्त छिन ।  
यसै क्रममा चलचित्रको प्रदशन मिती नजिकिए सँगै चलचित्रको निर्माण टिमले चलचित्र लक्ष्मी पुजाको एक गीत र टिजर लाई चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिसकेको  छ । त्यस्तै निर्देशक सोभित बस्नेतको निर्माण र समिर मिँयाको निर्देशनमा निर्मित चलचित्र लक्ष्मी पुजामा समाबेश फुरफुर पुतली बोल रहेको गीतको छायाकन पनि केहि दिन अघी मात्र गरिएको छ ।जुन गीतको भिडियो अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको  छ । जस्लाई नृत्य निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन ।कोरोनाको कारण सरकारले घोषणा गरेको लक डाउन अन्य क्षेत्रमा खुले पनि नेपाली चलचित्र क्षेत्रको लागी भने यथास्थिती रहेको अवस्थामा चलचित्र ‘लक्ष्मीपूजा’निर्माण भएको हो। सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको छ । यस्को साथै चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको चलचित्र लक्ष्मीपुजामा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।