07th October 2020

बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य लाई र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण |

असोज,२१,२०७७ ।नेपाली मनोरञ्जन क्षेत्रका चर्चित हाष्य कलाकार हरिवंश आचार्य लाई कोरोना पोजेटिभ देखिएको छ ।लोकप्रिय हास्य कलाकार हरिवंश आचार्य लाई कोरोनाको सामान्य लक्षण देखिएपछि उनले सोमवार पिसिआर परीक्षण गराउँदा कलाकार आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आफु लाई र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन ।उनले आफु हरु दुवै जना लाई कोरोना पोजेटिभ देखिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको प्क्र टेस्त गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ | हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला |
यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं |
केही दिनअघि चलचित्र ‘हुतुतु’ को स्क्रिप्टमा बसेका आचार्य लाई कोरोना संक्रमण देखिएपछि यतिबेला चलचित्र ‘हुतुतु’ का स्क्रिप्ट राइटर अभिमन्यू निरवीदेखि अभिनेता प्रदीप खड्कासम्म होम आइसोलेसनमा बसेका छन् ।