06th October 2020

चलचित्र आमा अष्ट्रेलियामा प्रदशन हुने तयारीमा ।

असोज,२०,२०७७ ।गएको बर्षको फागुन महिनाको ९ गते नेपाली चलचित्रको घरेलु बजारमा प्रदशन भएको चलचित्र आमा अब अष्ट्रेलियामा प्रदशन हुने भएको छ ।निर्मात्री शर्मिला पाण्डेको निर्माण र निर्देशक दीपेन्द्र के, खनालको निर्देशनमा निर्मित चलचित्र आमा अष्ट्रेलियामा अक्टुबर २१ कार्तिक ५ गते प्रदशन हुन लागेको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन । अष्ट्रेलिया, अमेरिका लगाएतका देशहरुमा प्रदशन गर्न महँगो रकममा बिक्री गरेको चलचित्र आमाको बिदेश प्रदशन कोरोनाको कारण हुन सकेको थिएन । चलचित्र ‘पशुपति प्रसाद’ जस्तो यादगार चलचित्रको निर्देशन गरेकअ निर्देशक दीपेन्द्र निर्देशित चलचित्र आमाले आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा वाचन गरेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको साथमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । काठमाण्डौ र रामेछापमा छाँयाकन गरिएको चलचित्रको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । अधिकांश दृश्य पानीमा छाँयाकन गरिएको चलचित्र मा सुभाष भुषालको संगीत रहेको छ ।  चलचित्र आमाले नेपाल प्रदशनको समय सकारात्मक ब्यवसायिक सफलता र प्रतिकृया बटुल्न सफल भएको थियो ।साथै सोही टिम यती बेला दुइ चलचित्र लकडाउन र चिसो मान्छेको निर्माणको तयारीमा जुटेका छन । कोरोनाको त्रास कम भएर सरकारले चलचित्र निर्माणको लागी अनुमती दिए सँगै छायाकनमा जाने तयारीमा रहेको हलचित्र चिसो मान्छेमा नायिका स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहने बताइएको छ ।