05th October 2020

एक्सन नायक बिराज भट्टको चलचित्र साङलो अब दर्शक हरुले घर मै बसी हेर्न पाउने ।

एक्सन किङ बिराज भट्टले निर्माण र निर्देशन गरेको र एक्सन लाई भरपुर प्रयोग गरिएको चलचित्र हो साङलो । नेपाली चलचित्रमा माग भैरहेको समयमा भोजपुरी चलचित्रमा ब्यस्त बन्न पुग्दा नेपाली चलचित्र बाट लामो समय टाढिएका बिराजको नेपाली चलचित्रमा कम ब्याकको रुपमा लिइएको उक्त चलचित्रले अभिनेता बिराज भट्ट र अभिनेत्री निकिता चण्डकको मुख्य भूमिका रहेको थियो । गत बर्षाको माघ २४ गते प्रदशनमा आइ सफलतापुर्वक ब्यवसायिक सफलता बटुल्न सफल भएको चलचित्र साङलोको गीत संगीतले पनि दर्शक स्रोताहरुको मन जित्न सफल भएको थियो ।चलचित्रमा समाबेश  झ्याम्मै आँखामा झ्याम्मै र चरिले काफल टिप्यो बोल रहेको गीतले चर्चा बटुल्न सफल भएको थियो ।त्यसै गरी उक्त गीत संगीत सार्वजनिक भए पछी नायिका निकिताको सुन्दर नृत्य र बोल्ड अन्दाज लाई पनि दर्शक हरुले निकै रुचाएका थिए  । 

यसै क्रममा शिवम अधिकारीको लेखन,सुरेश अधिकारी, राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन र बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय रहेको चलचित्र साङलो लाई अब आउदो शुक्रबार बाट दर्शक हरुले घर मै बसी हेर्न पाउने भएका छन । चलचित्र साङलोलाई डिशहोम को सिनेमा घर च्यानल न ८८८ म्याक्स टि भि को सिनेमा हल २ च्यानल न ४४४ मा रु १२५ मै हेर्न पाउने भएका हुन ।जुन चलचित्र दर्शक हरुको अत्यधिक माग लाई मध्य नजर गर्दै उक्त टेलिभिजन हरु बाट प्रशारण गरिन लागेको हो ।