05th June 2019

निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र चलचित्र‘झिँगेदाउ’मा मुकुन भुषाल ।

जेठ,२२,२०७६ ।साहित्यकार भिमनिधि तिवारीको कालजयी कथामा आधारित भएर चलचित्र‘झिँगेदाउ’ निर्माण हुने भएको छ ।निर्देशक ज्ञानेन्द्र देउजा को निर्माण र निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा  गत वर्ष प्रदर्शनमा आएको चलचित्र‘बुलबुल’ मा चोपेन्द्रको चरित्रमार्फत् परिचित मुकुन भुषाल लाई प्रमुख भूमिकामा देख्न पाइने पनि बताइएको छ ।भदौबाट चलचित्रको छायांकन सुरु हुने बताइएको उक्त चलचित्रको लागी नायिका भने फाइनल हुन बाकी रहेको बताइएको छ ।साथै चलचित्रका निर्देशक देउजाका अनुसार अहिले उक्त चलचित्रका लागि अन्य कलाकार हरुको छनोटको काम भइरहेको बताएका छन् । कपन गढी सिनेमा प्रा ।लिको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको छायाकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा गरिने बताइएको छ ।चलचित्रको टाइटल लोगो लाई निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।चलचित्रमा  विष्णु कल्पितको छायाकन्, पासाङ टी शेर्पा कला निर्देशन,अर्जुन पोखरेलको संगीत,प्रदीप भारद्धाजको पटकथा एवं संवाद  रहने छ।चलचित्र 'मुना मदन','वुद्ध वर्न इन नेपाल', 'रक्षक', 'करुक्षेत्र', 'देवर बाबु', 'हामी ट्याक्सी ड्राइभर' लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्रको कथा लाई सुहाउने भएकै कारण मुकुनलाई उक्त चलचित्रका लागी प्रमुख भूमिकामा अनुबन्ध गरेको बताए छन्। साथै निर्देशक देउजाले ‘हामीलाई राम्रो अभिनय गर्न आउने कलाकार चाहिएको थियो । मुकुनले क्यारेक्टरलाई न्याय गर्न सक्छ भन्ने लागेपछि लिएको पनि बताएका छन ।