04th October 2020

नायिका पुजा शर्मा, नायक पल शाह र आकाश श्रेष्ठ अब एउटै पर्दामा ।

असोज्,१८,२०७७ ।चलचित्र म यस्तो गीत गाउँछु बाट चर्चामा आएका जोडी हुन नायिका पुजा शर्मा र नायक पल शाह ।त्यस्तै चलचित्र राम कहाँनी बाट चर्चामा आएका जोडी हुन नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ । चलचित्र म यस्तो गीत गाउँछु र राम कहाँनी का यि जोडी लाई पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एक सफल जोडीको रूपमा लिइने गरिन्छ ।नायक पल शाह र नायिका पुजा शर्मा अभिनित पछिल्लो चलचित्र म यस्तो गीत गाउँछु र नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा अभिनित चलचित्र सम्हालिन्छ कहिले मन,सम्झना बिर्सना मन परेसी लगाएतका चलचित्र हरु प्रदशन र निर्माणको पर्खाईमा रहेको छ ।पछिल्लो समय नेपाली दर्शक हरुको मन जित्दै दर्शक हरुको पहिलो रोजाईमा पर्न सफल भैरहेका यि नायक नायिका हरुलाई अब एउटै पर्दामा देख्न पाइने भएको छ । चलचित्रको काँचको पदामा नभै एक म्युजिक भिडियोमा एक साथ देख्न पाइने उक्त गीतको म्युजिक भिडियोको छायाकन गत शनिबार नगरकोटका विभिन्न स्थानमा गरिएको छ ।निर्देशक विधान कार्कीको निर्देशनमा निर्माण भएको उक्त गीतको म्युजिक भिडियो लाई उत्कृष्ट बनाउन निर्देशक कार्की ले निकै मेहेनत गरेको बताइएको छ ।संगीतकार अर्जुन पोखरेलको संगीतमा समावेश ‘काले केटा २’ बोलको गीतमा दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर रहेको छ । भिडियोमा उत्कृष्ट म्युजिक भिडियोका चर्चित छायांकार उत्सव दाहालको छायाकन रहेको छ ।