04th October 2020

चलचित्र लक्ष्मी पुजाको टिजर सार्वजनिक ।

असोज्,१८,२०७७ ।चलचित्र लक्ष्मी पुजाको टिजर सार्वजनिक भएको छ । नेपाली हरुको यस बर्षको महान चाड बिजया दशमीको फुलपातीको दिन बाट प्रदशनमा ल्याउने तयारीका साथ निर्माण कार्य र चलचित्रको प्रचार प्रसार एकसाथ गरिएको चलचित्र लक्ष्मी पुजाको टिजर लाई निर्माण तिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको  
हो । यस अघी चलचित्रको एक गीत सार्वजनिक गरिसकेको निर्माण तिमले केहि दिन अघी मात्र चलचित्रमा समाबेश एक गीतको छायाकन सम्पन्न गरेको थियो । निर्देशक सोभित बस्नेतको निर्माण र समिर मिँयाको निर्देशनमा निर्मित चलचित्र लक्ष्मी पुजामा समाबेश फुरफुर पुतली बोल रहेको गीतमा अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल माथी छायाँकन गरिएको  छ । जस्लाई नृत्य निर्देशक रामजी लामिछानेले निर्देशन गरिरहेका छन ।  काठमाण्डुको बालाजु स्थित नेपाल चलचित्र बिकास कम्पनीको हाता भित्र छायाँकन भएको उक्त गीत बाट निर्माण टिम पनि निकै आशाबादी रहेका छन । कोरोनाको कारण सरकारले घोषणा गरेको लक डाउन अन्य क्षेत्रमा खुले पनि नेपाली चलचित्र क्षेत्रको लागी भने यथास्थिती रहेको अवस्थामा चलचित्र ‘लक्ष्मीपूजा’निर्माण भएको हो। सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको छ । यस्को साथै चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । चलचित्र ‘यात्रा’ की नायिका जाहन्वी बस्नेत लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र लक्ष्मीपुजामा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।