01st October 2020

चलचित्र लक्ष्मी पुजाको फुरफुर पुतलीमा अभिनेता सलोन बस्नेत र कलाकार रियाशा दाहालको जोडी ।

असोज,१५,२०७७ ।बर्ष ७७ को नेपाली हरुको महान चाड बिजया दशमीको फुलपातीको दिन बाट प्रदशनमा ल्याउने तयारीका साथ निर्माण कार्य र चलचित्रको प्रचार प्रसार एकसाथ गरिएको चलचित्र लक्ष्मी पुजाको यती बेला छायाँकन तिब्रगतिमा भैरहेको छ ।निर्देशक सोभित बस्नेतको निर्माण र समिर मिँयाको निर्देशनमा निर्माण भैरहेको चलचित्र लक्ष्मी पुजाको यती बेला काठमाण्डुको बालाजु स्थित नेपाल चलचित्र बिकास कम्पनीको हाता भित्र एक गीत को छायाँकन भैरहेको छ । कोरोनाको कारण सरकारले घोषणा गरेको लक डाउन अन्य क्षेत्रमा खुले पनि नेपाली चलचित्र क्षेत्रको लागी भने यथास्थिती रहेको अवस्थामा छायाँकन भैरहेको चलचित्रमा समाबेश फुरफुर पुतली बोल रहेको गीतमा अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल माथी छायाँकन भैरहेको छ । जस्लाई नृत्य निर्देशक रामजी लामिछानेले निर्देशन गरिरहेका छन ।
लक डाउनको बिच मै छायाँकन भएको चलचित्र ‘लक्ष्मीपूजा’ मा समाबेश जिन्दगी बोल रहेको गीत लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसार शुरु गर्दै गत सोबार सार्वजनिक गरेको थियो । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको छ । यस्को साथै चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । चलचित्र ‘यात्रा’ की नायिका जाहन्वी बस्नेत लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र लक्ष्मीपुजामा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।