30th September 2020

नयाँ चलचित्रको गृहकार्यमा अभिनेता प्रदीप र निर्देशक राउत ।

असोज,१४,२०७७ ।नेपाली कथानक चलचित्र प्रेम गीत बाट चर्चामा आएका अभिनेता हुन प्रदीप खड्का । निर्माता सन्तोष सेनको निर्माण र निर्देशक सुदर्शन थापा निर्देशित उक्त चलचित्रमा अभिनय गरे पछी नेपाली दर्शकहरु माझ निकै लोकप्रिय रहेका अभिनेता प्रदीप अभिनित पछिल्लो चलचित्र प्रेम गीत ३ प्रदशनको पर्खाईमा रहेको छ । जुन चलचित्रको प्रदशन कोरोनाको कारण स्थगित हुन पुगेको थियो । साथै दर्शकहरु माझ प्रतिक्षित बन्न सफल भैरहेको चलचित्र प्रेम गीत ३ को प्रदशन लाई लिएर उत्सुक्ताका साथ प्रतिक्षा गरिरहेका उनै अभिनेता प्रदीप चलचित्र प्रेम गीत ३ कै निर्माता सन्तोश सेनको नयाँ चलचित्र हुतुतुमा पनि अनुबन्ध भैसकेका छन ।त्यसै गरी उनले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, प्रसाद’ जस्ता सफल चलचित्रहरुको निर्देशन गरिसकेका र प्रेमकथामा चलचित्र बनाउन सफल मानिएका निर्देशक दिनेश राउतको एक नयाँ चलचित्रमा समेत साइन गरेका छन् । सामाजिक कथामा बन्न लागेको चलचित्रको अहिले निर्माण गृहकार्य भइरहेको छ । गृहकार्य सकिएपछि  चलचित्रको नाम र कलाकार को नाम सार्वजनिक गर्ने तयारीमा अहिले आफु लागि रहेको निर्देशक राउतले बताएका छन ।