29th September 2020

दर्पण छायाँको नयाँ सिक्वेल दर्पण छायाँपछि बन्दै तर तुलसी घिमिरेले निर्देशन नगर्ने

असोज,१३,२०७७ ।लोकप्रिय चलचित्र दर्पण छायाँ को अर्को सिक्वेल बन्ने भएको छ । यस अघि दर्पण छायाँ २ बनेको थियो भने अब दर्पण छायाँ पछि नाममा नयाँ सिक्वेल बन्न लागेको हो । तुलसी घिमिरेले निर्माण निर्देशन गरेको चलचित्र दर्पण छायाँ व्यवसायिक रुपमा अत्यन्तै सफल चलचत्रि हो । 
त्यहि सफलतालाई फेरी क्यास गर्न तुलसी घिमिरेले दर्पण छायाँ २ को निर्माण गरे तर उक्त चलचित्र नराम्ररी असफल भयो । निर्देशक घिमिरेले दर्पण छायाँ २ मा पहिले कलाकार निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानलाई नै नराखेर नयाँ कलाकारहरुलाई खेलाएका थिए । पुष्प खड्का, साराहा कार्की श्रद्धा प्रसाई अभिनित दर्पण छायाँ २ ले पहिलो चलचित्रको जस्तो जादु कायम राख्न सकेनन् । त्यती मात्र हैन लेखक निर्देशक घिमिरेले पनि दर्शक सम्वेदनालाई छुन सकेनन् । त्यसैले दर्पण छायाँका कलाकार उत्तम प्रधानले सिक्वेल चलचित्रको असफलतालाई बेवस्ता गर्दै नयाँ सिक्वेलमा चलचित्र बनाउन लागेका छन् । उनले दर्पण छायाँको चमत्कारिक उपस्थितिलाई दोहोर्याने योजनाको साथ कार्य गरिरहेका छन् । 
नयाँ सिक्वेलको नाम दर्पण छायाँपछि राखेर पुरानै कलाकारको साथमा छायांकन हुनेछ । यो कुराको पुष्टि निर्देशक घिमिरे र कलाकार दिलिप रायामाझीले गरेका छन् । निर्देशक घिमिरेले दर्पण छायाँ पछि बन्न लागेको कुरा स्विकारे । तर त्यसमा आफ्नो कुनै किसिमको प्रत्यक्ष संलग्नता अहिलेसम्म नरहे पनि भाईहरुले गरिरेहको हुँदा आफ्नो स्विकृति र समर्थन रहेको कुरा उनले विएम एचडि टेलिभिजनलाई बताए ।
 त्यस्तै कलाकार दिलिप रायामाझीले पनि दर्पण छायाँको नयाँ सिक्वेलमा आफुले काम गर्ने कुरा निश्चित भएको बताएका छन् । उत्तम प्रधानको लेखन निर्देशनमा निर्माण गर्ने तयारीमा रहेको दर्पण छायाँपछि को चैत बैसाखमा नै छायांकन गर्ने योजना रहेको थियो । तर कोरोनाको कारण अहिले पनि छायांकन कहिले हुने हो निश्चित भएको छैन । 
तर अब छिट्टै छायांकन हुने कलाकार दिलिप रायमाझीले हामीलाई जानकारी दिएका छन् । बुझिए अनुसार उत्तम दिलिप र निरुता तिनै जनाले यो चलचित्र निर्माण गर्न चाहेका छन् । उनिहरु तिनै जनाले लगानी गर्ने कुरा उत्तम प्रधानले बताएका छन् । दर्पण छायाँ जहाँ सकिएको हो त्यहिबाट कथा शुरु गर्ने उनिहरुले नयाँ चलचित्रको कथा अगाडी बढाईएको बुझिएको छ । 
दर्शकहरुको मनमा बस्न सफल दर्पण छायाँको कथा गीतसंगीत र कलाकारहरुको अभिनय अहिले पनि उनिहरुको मस्तिष्कमा ताजै छ । दर्पण छाया २ ले पहिलो चलचत्रिको क्रेजलाई कायम गर्न सकेन । तर अब बन्ने दर्पण छायाँपछिले दर्शकमा कस्तो प्रभाव पार्ने हो त्यो निर्माण र प्रदर्शनपछि मात्रै भन्न सकिएला ।