28th September 2020

चलचित्र लक्ष्मी पुजाको गीत सार्वजनिक ।

असोज,१२,२०७७ ।चलचित्र निर्देशक सोभित बस्नेतको निर्माणमा निर्मित चलचित्र लक्ष्मी पुजाको एक गीत सार्वजनिक भएको छ । लक डाउनको बिच मै छायाँकन भएको चलचित्र ‘लक्ष्मीपूजा’ मा समाबेश जिन्दगी बोल रहेको गीत लाई निर्माण तिमले चलचित्रको प्रचार प्रसार को राम मा सार्वजनिक गरेको हो । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित र समिर मिँया निर्देशित चलचित्र यही दशैंमा प्रदर्शनमा आउने चलचित्रका निर्माता शोभित बस्नेतले जानकारी दिएका छन । जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका रहेको चलचित्रमा अभिनेता सलोन बस्नेत र रियाशा दाहालको पनि  विशेष भूमिका रहेको छ । चलचित्र ‘यात्रा’ की नायिका जाहन्वी बस्नेत लाई दोहोरो भूमिकामा देख्न पाइने चलचित्र लक्ष्मीपुजामा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश रहेको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।