27th September 2020

नायिका साम्रागी निर्देशक मिलन चाम्सको नयाँ चलचित्रमा अनुबन्ध ।

असोज,११,२०७७ । कोरोनाको कारण बिगत ६ महिना देखी सुनसान रहदै आएको नेपाली चलचित्रको बजार लक डाउन खुले लगत्तै केहि चाहलपहल शुरु भएको छ ।साथै गएको बर्षाको चैत महिना देखी बन्द रहेको नेपाली चलचित्रको क्षेत्रमा यती बेला नयाँ नयाँ चलचित्रको निर्माण घोषणाले केहि सकारात्मक तरंग ल्याउन सफल भैरहेको छ ।त्यस्तै लामो समय देखी घर भित्र रहदै आएका चलचित्रकर्मी हरुमा पनि नयाँ चलचित्रको निर्माण घोषणाले नयाँ उत्साह थपेको पाइएको छ ।यसै क्रममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह  लकडाउनपछि ३ वटा नयाँ चलचित्रमा अनुबन्ध भैसकेकी छिन ।  करिब एक महिना अगाडि उनले एक अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएकी नायिका साम्राज्ञीले केही दिन अगाडि मात्र अमेरिकामा छायांकन हुने निर्माता  रमेश एम,के पौडेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रेड वाइन’मा पनि अनुबन्ध भै सकेकी छिन ।

नेपाली चलचित्रको बजारमा अभिनेता निर्माता तथा निर्देशक भुवन के सीको चलचित्र ड्रीम्स बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गर्दै पहिलो चलचित्र बाट नै स्टार नायिकाको उपमा पाउन सफल भएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले ।पहिलो चलचित्रमा नै नेपाली चलचित्रका स्टार नायक अनमोल के सी को को साथमा स्क्रीन सेयर गरेकी थिइन ।त्यस पछी नायिका साम्राज्ञीले चलचित्र ए मेरो हजुर २, इण्टु मिण्टु लण्डनमा, कायरा, मंगलम, रातो टिका निधारमा, तिमी सँग, मारुनी जस्तो सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।एक पछी अर्को गर्दै लगातार ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा सकारात्मक टिपणी पाउन सफल चलचित्र हरु नेपाली दर्शकहरु लाई दिदै आएकी नायिका साम्राज्ञी अभिनित पछिल्लो प्रदशन मा आएको चलचित्र मारुनी रहेको छ ।जुन चलचित्रले ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा प्रशंसा बटुल्न सफल भएको थियो । 

अब यसै क्रममा उनै नायिका साम्राज्ञी अर्को एक नयाँ चलचित्रमा अनुबन्ध भएकी बताइएको छ ।निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको उक्त नयाँ चलचित्रका लागी निर्देशक चाम्सले नायिका साम्राज्ञी लाई अनुबन्ध गरिसकेको पनि बताइएको छ । निर्देशक चाम्सले स्रोत लाई बताए अनुसार लभ स्टोरी कथामा बन्न लागेको उक्त चलचित्रको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको र चलचित्रको छायांकन अर्को बर्षको सुरुवातमा हुने पनि बताइएको छ । चलचित्रको छायांकन यूरोपमा गर्ने तयारीमा रहेका निर्देशक चाम्स चलचित्रका लागि एक जना नयाँ नायक अडिसनबाट लिने पनि तयारीमा रहेक छन । त्यस्तै पछिल्लो समय एक पछी अर्को गर्दै नयाँ नयाँ चलचित्रमा अनुबन्ध हुँदै आएकी नायिका साम्राज्ञी को चलचित्र प्रेम गीत सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ चलचित्र हुतुतुमा पनी चर्चा चलेको छ ।जुन चलचित्रमा प्रदीप खड्का ,पल शाह, नाजिर हुसेन को साथ साथै नेपाली चलचित्रका बरिष्ठ हाष्य कलाकार हरिवंश आचार्यको समेत अभिनय रहने छ ।